arrow

प्रेस युनियन गुल्मीको अध्यक्षमा कुँवर, घिमिरे सहित चार पत्रकार पुरस्कृत तथा सम्मानित

logo
कौरव खत्री,
प्रकाशित २०७५ भदौ २७ बुधबार
janardan-ghimire-gulmi.jpg

गुल्मी। नेपाल प्रेस युनियन गुल्मीको सातौ जिल्ला अधिवेशनबाट रेशम कुँवरको अध्यक्षमा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा हेक त्यागी,सचिव रमेश विश्वकर्मा, कोषाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठ, सह–सचिव कमला पहराई, सदस्यहरुमा अनिश शर्मा गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना, अनिशा भण्डारी सर्वसम्मत निर्वाचित भए। 

युनियनको केन्द्रीय प्रतिनिधिमा हरि कुमार श्रेष्ठ, जनार्दन घिमिरे,ताराप्रसाद भूषाल, कौरव खत्री, कालिदास खरेल र श्रृखला बौद्धाचार्य छानिए।

अधिवेशनले प्रदेश प्रतिनिधिमा बिष्णुप्रसाद आचार्य, प्रकास घिमिरे, रमेश रसौली, मोहन बस्नेत, भुवन भूषाल, प्रकास केसी, सुमन महतरा, गंगा भण्डारी, कविता गैरेलाई चयन गरेको छ। 

कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत तथा सम्मानित पनि गरिएको छ। विगत पन्ध्र बर्ष यता जिल्लामा रहेर निरन्तर रुपमा विभिन्न सञ्चारमाध्यममा आबद्ध भई व्यावसायिक रुपमा पत्रकारिता गदै आएका मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मी निवासी पत्रकार जनार्दन घिमिरेलाई युनियनले पुरस्कृत सहित सम्मान गरेको हो।

युनियन गुल्मीले क्रियाशिल उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार घिमिरेलाई सम्मान तथा पुरस्कृत गरेको हो। नेपाल प्रेस युनियन गुल्मीले स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक तीन तीन वर्षमा जिल्लामा क्रियाशिल पत्रकारहरु मध्येवाट छनोट गरि प्रदान गर्ने गरिन्छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नगद र सम्मान पत्र सहित उक्त पुरस्कार प्रदान गरे।

अधिवेशनको अवसरमा घिमिरेसँगै अन्य तीन जना पत्रकारहरु पनि पुरस्कृत भएका छन्।पुरस्कृत हुनेहरुमा पदमपाणी स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो रेसुङ्गाका मनु सुनार र जनचेतना पत्रकारिता पुरस्कार पत्रकार हेम त्यागी र साहित्यिक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थी छन्। 

कार्यक्रममा प्रेस युनियनका  पुर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालिक पन्थी र जितेन्द्र थापालाई समेत सम्मान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ