arrow

केसी छानविनको डरले फर्केका त होईनन् भनी सोध्दा संयोजक मैनाली खुब हाँसे (कुराकानी)

‘निर्मला हत्या’को छानविन

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
nirmala1.JPG

कञ्चनपुरको भीमदनगर २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानविनका गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् । गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले आफूले राजीनामा फिर्ता लिएको बताए । उनले भनेका छन्, ‘सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु ।’ हामीले केसी फर्किएकोबारे छानविन समितिका संयोजक–सहसचिव हरिप्रसाद मैनालीसँग संक्षिप्त कुराकानी गरेका छौँ । 

० वीरेन्द्र केसी फर्केको थाहा पाउनु भो ? 
–अँ फर्किनु भो भन्ने थाहा पाए । 

० छानविन समितिमा बसेर निर्मलालाई न्याय दिन सकिँदैन । अनि मेरो ज्यान खोजिममा छ, भनेर राजीनामा दिएको मान्छे कसरी फर्किए? 
–अहिले जिम्मेवारी बोध भयो होला । सरकारले दिएको यति महत्वपूर्ण जिम्मेवारी छोडेर हिँड्दा कतै मैले पदीय मर्यादा विपरीत निर्णय त गरिन भन्ने अनुभूति गर्नु भयो होला । फर्किनु भो । 

० समितिबाट बाहिरिदाँ त तपाईलाई सोधेको थिएन भन्नु भा थ्यो आउँदा सोधे कि सोधेनन् केसीले ? 
–हाँसो,,,,,,,,,,हा हा ह,, फर्किनु भएछ । जाँदा जानकारी गराउनु भएको थिएन । 

० तपाई र गृहलाई हुलाक मार्फत् रजिष्ट्री गरिएको भन्नु भएको थियो, पुगेन चिठ्ठी ? 
–हुलाकबाट भए होला । मलाई भन्नु चैँ भएको थिएन । हुलाकबाट भए हाम्रो हातमा केही आइपुगेको छैन । 

० केसी फर्किनुमा गृहमन्त्रालयमा मंगलबार राति बसेको बैठकले काम गर्‍यो ? 
–हाँसोसहित,,,,,, बैठक त बसिहाल्छ नि !

० त्यही बैठकले छानविन गर्ने भनेको थियो, छानविन हुने डरले फेरि दौडेर आएका त हैनन् केसी ? 
–हाँसो........... ( उनी खुब हाँसे) । यसको जवाफ दिएनन्।

० काम कति सक्नु भो ? 
–काम गर्दै छौँ । अहिले विवरण केलाउने र मिलाउने काम भईरहेको छ । अलिकति बुझ्न पनि बाँकी छ । 

० अनि निलम्बितहरुसँग सोधपुछ सकियो ? 
–सकियो । 

० कसको बाँकी छ त अब, कहीले आउँछ प्रतिवेदन ? 
–छ बुझ्न बाँकी । अब दुई चार दिनमै आउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ