arrow

सेमिफाइनलमै रोकिएर फर्किदै छ नेपाली टोली

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
nepal-football.jpg

काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको नेपाली फुटबल टोली बिहीबार बिहान काठमाडौं फर्कदैछ ।

बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससंग ३–० को हार बेहोरेपछि नेपाल बिहीबार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । यसअघि चार पटकसम्म सेमिफाइनलमा पुगेर नेपाल गुल्टिएको थियो । 

सेमिफाइनलमा नेपालले समूह चरणमा श्रीलंका र भारतमाथि एक गोल पनि नगरेको माल्दिभ्ससंग भोगेको हारलाई भने बिर्सनयोग्य प्रदर्शनका रुपमा लिइएको छ । 

नेपालले समूह चरणमा भुटानलाई ४–० ले र बंगलादेशलाई २–० ले हराएको थियो भने पाकिस्तानसंग अन्तिम मिनेटमा सिल्लिगोल खाँदा २–१ को पराजय भोग्न वाध्य भएको थियो । 

साफ च्याम्पियनसिपको फाइनलमा भने भारत र माल्दिभ्स भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ