arrow

विवाद हुने देखिएपछि कांग्रेस वैठक बस्दै नबसी स्थगित

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समिति गठनको विषयमा विवाद हुँदा विहिवारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ। 

अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बोलाइएको बैठकमा नेतृत्वको विषयलाई लिएर विवाद भएको थियो। 

अनुशासन समिति गठनको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच बैठकमा मतान्तर देखिएको हो। 

कांग्रेस पार्टी कार्यालय निकट स्रोतका अनुसार वैठक शुरु हुनु अघी अनुसाशन समितिका सदस्यका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई नाम दिन आग्रह गरेका थिए । 
तर पौडेलले समितिको संयोजक बारेमा असहमती जनाएपछि बैठक बस्दै नबसि स्थगित भएको हो । 

सभापति देउवाले संस्थापन पक्षबाट अनुशाशन समितिमा भिष्मराज आङदम्बे, किशोरसिँह राठौर र वीरबहादुर बलायरलाई समितिमा राख्न चाहेको बताइएको छ। उनको रोजाइमा आङदम्बेलाई संयोजक बनाउने तयारी भएपनि पौडेलले उनी जुनीयर भएको भन्दै सिनियर नेतालाई संयोजक बनाउन भनेका थिए । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक बस्दै नबसि स्थगित भएको बताए । उनले आन्तरिक कारणले बैठक बस्न नसकेको भन्दै नेताहरुबिचको छलफल पछि बैठकको अर्को मिति तय गरिने जनाए । 

अनुशासन समिति गठनका विषयमा भने नेता सिटौलाको छुट्टै धारणा देखिएको छ । उनले केन्द्रीय कार्यसमितिको बैठकबाट गठन भएको केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वको समितिलाई पहिले विघटन गरेर मात्रै पुनर्गठन गरिनुपर्ने तर्क अघि सारेका छन । रिजालले भने पदबाट राजीनामा दिइसकेका छन् ।

कांग्रेस विधानको दफा ३३ मा केन्द्रीय अनुशासन समिति गठनको व्यवस्था छ । विधानअनुसार अनुशासन समितिमा एक संयोजक र चार सदस्य रहन्छन् । यस्तै पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअुनसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरु सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता पदेन सदस्य हुन्छन् । 

यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्नेछ ।  

यसअघि पार्टीले गठन गरेको केन्द्रीय कार्यसम्पादन समिति विधान विपरीत भएको भनी आलोचना भएपछि विघटन गरिएको थियो। यसअघि २२ भदौका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तयारी नपुगेको कारण देखाएर बिहीबारका लागि सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ