arrow

पूर्वराजा ज्ञानेन्द्र फेरि थाइल्याण्ड यात्रामा, यसपटक श्रीलंकादेखि भारतसम्म 

दशैंको सप्तमीका दिन मात्र स्वदेश फर्किने

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि थाइल्याण्ड जाँदैछन् । शुक्रबार उनी थाइल्याण्ड जान लागेका हुन् । डेढ महिनाअघि पनि उनी थाइल्याण्ड पुगेका थिए । 

पूर्वराजा सपरिवार भ्रमणमा हुनेछन् । थाइल्यान्डबाट उनीहरु श्रीलंका हुँदै भारत जानेछन् । 

थाइल्याण्डमा दुई साता बस्ने कार्यक्रम छ । यसको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी शाह बिहीबारै बैंकक गइसकेकी छिन् । 

थाइल्याण्डलाई किन ‘ट्रान्जिट प्वाइन्ट’ ?
थाइल्याण्ड पूर्वराजाका लागि बढी आनन्ददायी स्थल हो । थाइल्याण्डमा राजसंस्था रहेकाले पनि उनले त्यहाँ राजाकै हैसियतमा बस्न पाएका छन् । 

यसअघिको भ्रमणमा हिमानीलाई त त्यहाँका राजाले औपचारिक कार्यक्रममै समावेश गरेका थिए। 

सीधै भारत जाँदा आलोचना हुने देखेपछि पूर्वराजाले थाइल्याण्ड हुँदै भारत यात्रा गर्न लागेको बुझिएको छ । 

यसपटकको भ्रमण लामै हुनेछ । एकमहिनापछि दशैंको सप्तमीका दिनमात्र पूर्वराजपरिवार काठमाडौं फर्कने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ