arrow

 दीपकराज जोशी इजलासको आदेश, स्वास्थ्य क्षेत्र बन्द नगर्नू 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
deepak-joshi.jpg

काठमाडौं । न्यायाधीश दीपकराज जोशीले इजलास थालेका छन् । सर्वोच्च प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएपछि बिदामा बसेपछि गत सोमबारदेखि पुनः सर्वोच्च जान थालेपछि बिहीबारमात्र उनले बहस थालेका थिए । 

पहिलो इजलासमै उनले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक संघको नाममा आदेश जारी गरेका छन् ।  

जोशीको एकल इजलासले बिहीबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल नगर्न संघका नाममा आदेश जारी गरेका हुन् । 

आदेशमा ‘संघको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनू’ भनिएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ