arrow

तीज सकिँदै, अन्तिम दिन सप्तर्षिको पूजा हुँदै 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
rishi-panchami.jpg

काठमाडौं । यसवर्षको हिन्दू महिलाहरुको सबैभन्दा ठूलो चाड हरितालिका तीज शुक्रबार सकिँदैछ । अन्तिम दिन अर्थात् भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी (सप्तर्षिको पूजा) गरेपछि तीज सकिएको मानिन्छ । 

पञ्चमीका दिन बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको भए यस दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

यसैकारण दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय भनाइ रहेको छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ