arrow

निर्मला हत्याकाण्ड : ‘बल्ल परेउ सीआइबी जालैमा’, अब सीआइबी टोलीमाथि नै छानविन 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
nirmala1.JPG

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तकोे हत्याको घटनामा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयले छुट्टै समिति गठन गरेको छ । 

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति गठन भएको हो ।सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी)अङ्गुर जिसी नेतृत्वमा गठन गरिएको विशेष टोलीले पन्त हत्याको छानविन गरेको थियो ।

निर्मला हत्याको अभियोगमा सिआइवीको विशेष टोलीको सहयोगमा पक्राउ गरिएका दिलिपसिंह विष्टको ‘डिएनए’ परीक्षण नमिलेपछि प्रहरी प्रधान कार्यालयले डिएसपी जिसीमाथि नै अनुसन्धान गर्न टोली गठन गरेको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले नवगठित पाँच सदस्यीय छानविन समितिले प्रहरी अनुसन्धानमा भएका लापरवाही र कमी कमजोरीको छानविन हुने बताए । ‘यो टोलीले घटनाको विस्तृत छानविन नभई सिआइबी टोलीले गरेका कमी कमजोरीको अनुसन्धान गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

बलत्कारपछि भएको हत्या घट्नाको छानविन गर्नका लागि ‘सिआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको कमाण्डमा अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै छ । एसएसपी सुवेदीको नेतृत्वमा गठित छानविन टोलीले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख दिल्लीसिंह विष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी, मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कामाथि समेत छानविन गर्ने बताइएको छ । 

टोलीले दिएको प्रतिवेदनअनुसार उनीहरुलाई थप कारवाही अगाडि बढाइने प्रवक्ता क्षेत्रीले बताए । निललम्बीत एसपी विष्ट, डिएसपीद्वय जिसी तथा सेठी तथा प्रहरी निरीक्षक खड्काले निर्मला हत्या घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरी मानसिक रूपले अस्वस्थ दिलिपसिंहलाई पक्राउ गरेको हुनसक्ने शंका प्रहरी प्रधान कार्यालयले गरेको छ । 

निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै एसपी विष्टलाई निलम्वन गरिएको छ । सिआइवीका डिएसपी जिसी र मुद्धा प्रमुख प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई निगरानीमा राखिएको छ । 
यो घटनाको अनुसन्धानमा सिआइवी प्रहरीले गरेको लापरवाहीका कारण नेपाल प्रहरीप्रति जनविश्वास गुम्ने खतरा बढेको भन्दै प्रहरी संगठनभित्रैबाट सम्वद्ध प्रहरी अधिकारीलाई कडा कारवाहीको माग हुन थालेको छ । 

यसैबीच, निर्मला हत्या घटना दिनप्रति दिन रहस्मय बन्दै गएपछि निलम्बित एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको पनि डिएनए परीक्षण हुने भएको छ । यसका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको प्रयोगशाला (फरेन्सिक ल्याव )मा डिएनए परीक्षण हुने छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले पनि डिएनए परीक्षण गर्ने गरेको छ । शिक्षण अस्पतालका विज्ञ चिकित्सकको नेतृत्वमा उनीहरुको डिएनए परीक्षण हुन लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ