arrow

नेपालका कम्युनिष्टः सपनावादी की मार्क्सवादी

logo
चन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
chandra-bhandari-2.jpg

विगतमा संविधान निर्माणका क्रममा राजनैतिक पार्टीका नेताहरुले आफ्नो सुरक्षित स्थान खोज्दा राज्यले धान्न नसक्ने संरचनाहरु बने । जसकारण जनता करको मारमा परे, महंगी नियन्त्रण भन्दा बाहिर पुग्यो । निर्माणकार्यमा राजनैतिक संरक्षणका कारण ठगहरु मालिक र नेता बने । विगतमा राम्रो छवि बनाएको सुरक्षा निकाय विवादमा घेरिएको छ ।

जनताले सरकारलाई दुई तीहाईको ठूलो बहुमत दिएका छन् तर नेताहरुले न भारी मतको महत्व बुझे न मतको सम्मान गर्न सके ।

सरकारको काम देशको सिमा सुरक्षा गर्ने, संविधानको संरक्षण, कार्यान्वयन र पालना गर्ने हो । नेपालको भुमी नभएका नक्सा लिएर हिड्ने होइन । ठूला ठूला कमजोरी कसरी भैरहेका छन् ? दुइतिहाइको सरकार यती घेरै कमजोर किन ? कसरी चुक्दैछ सरकार ? जनताले सरकारलाई दुई तिहाईको ठूलो बहुमत दिएका छन् तर नेताहरुले न भारी मतको महत्व बुझे न मतको सम्मान गर्न सके । डर छिमेकीसँगको हो । आवतजावत र  ठूला उपहारको लेनदेन भैसकेको छ । चीनसँग पारवहन र व्यापार सम्झौताको कार्यविधिमा सहमती भएको छ । नाकाबन्दीको डरलाग्दो चुनौतीबाट देश बाहिर निस्कदैछ । यदि सरकारले सैन्य अभ्यास जस्ता सुझबुझ विहीन निर्णयहरु गरेन भने देशले एउटा सुरक्षित गोरेटो कोर्दैछ ।

सरकारमा रहेका पार्टीका नेताहरु व्यक्तिगत, गुटगत, पार्टीगत स्वार्थमा लिप्त भएर आफुलाइ विगतमा जस्तै कमोडिटिमा परिणत गरी लिलामिमा सुचिकृत गर्ने हो भने माक्सले भने जस्तै जनताले अब “ पेशेवर राजनीतिज्ञहरु माथी भरोसा गर्न सक्दैनन् । सासंदहरु गुटवादीको शिकार र संसद त्यस्तैको अखडा भएको छ वा हुनसक्दछ। राजनीति व्यवसाय भएकोछ वा हुनेछ।” तसर्थ मार्क्सको यो चेतावनीबाट सिक्दै नेपालका कम्युनिष्टहरुले इतिहासमा कलङकित आफनो छवि सच्चाउने मौका पाएका छन् ।

अब सरकारले प्रदेश र स्थानिय तहलाई परिचालित गर्दै अप्ठ्याराहरु फुकाउदै जानुपर्दछ । यस समयमा पढाइको भन्दा अनुभवको बढी महत्व हुन जान्छ । सरकारले भनौं वा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले पानीजहाज, ग्यास पाइप र रेलको जुन सपना जनतालाइ देखाउनु भएको छ त्यो राम्रो हो। कार्यान्वयनको समयमा जनता कति खुशी होलान् तर यी सपना रातारात पुरा हुने होइनन् । वीपी कोईरालाले चीनसँग देखेको सपना र कृष्ण प्रसाद भट्टराईको मेलम्ची सपना बल्ल पुरा हुँदैछन । जसको समापन वर्तमान प्रधानमन्त्रीको समयमा होस भन्ने चाहना नेपालीको छ। हिजोको विमष्टेक सम्मेलनमा सैन्य अभ्यासको एजेण्डा उठाउँदा फुलवारी मार्ग उठाउनु पर्दथ्यो, सरकार डरायो वा भुल्यो भन्न खोजेको होइन। अनुभवबाट सिक्दै जाने हो ।

सबै पार्टीका नेताहरु मिलेर जनताको कर र  विदेशीसँग भीख मागेर यती धेरै संरचना पालेर राख्नु हुदैन । जनताको हितमा नहुने जनताले दुख पाउने कुरा कुनै पनि नाम र दबाबमा पर्नु हुदैन । अन्य देशहरुमा परिक्षण भइ बर्षौ अघि असफल भएका संरचना, नीति नियम, सिद्धान्तहरु जस्ताको तस्तै नक्कल गरी परिक्षणका लागी यस संवेदनशील समयमा उपयोग गर्नु अत्यन्त दुखद हो । भनिन्छ नी “ नक्कलका लागी पनी अक्कल चाहिन्छ।” कुनै पनि परिक्षण गर्नु अघि आफ्नो माटो र आफ्ना जनताको मुहार दुबैलाइ आफ्नो मन मस्तिष्कमा राखी निर्णय गर्नुपर्दछ । तसर्थ अब नयाँ बहस तथा परिक्षणहरुको शुरुवात गर्नु पर्दछ । अबको सम्वृद्धीको आन्दोलनको लागि समय, शिक्षा र उच्चस्तरका सामाजिक संस्थाहरुको जरूरत पर्दछ यो मार्क्सको भनाइ हो। म कम्युनिष्ट हुँ भन्न मन पराउनेहरुलाइ मार्क्सको भनाइ थाहा छैन भन्न मिलेन ।

भाषण मात्र गर्ने काम नगर्ने, आफु धनी बन्ने देश गरिब बनाउने अन्तर्राष्ट्रिय कम्युनिष्ट चरित्रबाट नेपाललाई केपी ओलीले मुक्त गर्नुपर्दछ । राज्यको सहयोग केपी ओलीको जीवन सुरक्षा कवच बनेको छ। तसर्थ उहाँले लिएको प्रत्येक श्वास देशहितका लागि समर्पित हुनु पर्दछ।

सरकारका ठुला लक्ष्य छन् भन्ने कुरा लामा लामा भाषणबाट थाहा भएको छ । भाषण सुन्नेले सुनौंला । भाषण गर्नेले गरौंला। तर वर्तमान सरकार र यससँग सम्वन्धित नेताहरुलाई आग्रह छ अहिले जनताले चासो दिएका निम्न मुद्दाहरुमा राजनीति नगरी, स्वार्थ नराखि, र्‍याल नकाडी जनतालाइ जवाफ दिउँ ।
१) निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण।
२) ३३ किलो सुन काण्ड ।
३) ठेक्का पट्टामा दिने लिने र काम नगर्ने काण्डहरु ।
४) नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद काण्ड ।
५) करवृद्धी ।

जनतासँग प्रत्यक्ष जोडिएका माथि उल्लेखित घरेलु मुद्दाहरु सम्बोधन नगर्ने हो भने मार्क्स, लेनिन र माओका अनुयायी हुनुको के अर्थ ? समाजवाद उन्मुख देश बनाउदै राखौंला । तर पहिले सरकार र नेताहरुको निधारमा लागेका यी काण्डहरुको टिका त पखाल ! भाषण मात्र गर्ने काम नगर्ने, आफु धनी बन्ने देश गरिब बनाउने अन्तर्राष्ट्रिय कम्युनिष्ट चरित्रबाट नेपाललाई केपी ओलीले मुक्त गर्नुपर्दछ । राज्यको सहयोग केपी ओलीको जीवन सुरक्षा कवच बनेको छ। तसर्थ उहाँले लिएको प्रत्येक श्वास देशहितका लागि समर्पित हुनु पर्दछ।

(लेखक भण्डारी नेपाली कांग्रेसका नेता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ