arrow

त्रासमा अमेरिका, फ्लोरेन्स आँधीले धेरैको ज्यान जान सक्ने 

वास्तविक असर शुक्रबार साँझ देखिने

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
hurricane-florence.jpg

काठमाडौं। अमेरिका यतिबेला त्रासमा छ। समुन्द्री आँधी फ्लोरेन्सले धेरैको ज्यान जान सक्ने भएपछि अमेरिका त्रासमा रहेको हो। अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिक हुँदै आइरहेको आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन्।

फ्लोरेन्स आँधीको रफ्तार अहिले १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन्। यो गति बिहीबारको तुलनामा कम नै हो। बिहीबार १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा थियो। 

आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमी नहुने अधिकारीहरुको भनाइ छ। भर्जिनिया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको समेत औंल्याइएको छ।

आँधीको वास्तविक असर शुक्रबार साँझ देखिने मौसमविद्हरुले बताइरहेका छन्। यसअघि नै चार राज्यका तटीय क्षेत्रबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइसकिएको थियो। नर्थ केरोलिनामा निकै कडाखाले हावा चलिसकेको छ। नेपालबाट अमेरिका गएका थुप्रै यो आँधीको मारमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ