arrow

अस्पतालमै बन्धक बनाइएका सुरज बिकले पाए न्याय

मन्त्रालय र अस्पतालबीच रकम छुटको लिखित समझदारी

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
province-minister-baral.jpg

बुटवल। उपचार बापतको १२ लाख रुपैया तिर्न नसकेपछि अस्पतालमै बन्धक बनाइएका सुरज बिकले ढिलै भएपनि न्याय पाएका छन्। प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बिकले जेनस अस्पतालाई तिनुपर्ने बापतको रकम मिनाहाका लागि अस्पताललाइ निर्देशन दिएका थिए।

अस्पतालले आफ्नो बेडसंख्याको १० प्रतिशत निशुल्क उपचार गर्नुपर्ने प्राबधानलाई टेकेर मन्त्रीले सो निर्देशन दिएका थिए। बरालले अस्पतालले गरेको उपचार र अहिलेसम्मको बिबरण सहित अस्पताललाई मन्त्रालयमा हाजिर गराएका थिए।

‘अस्पतालको बिबरण हेरेपछि कूल बेडको १० प्रतिशत बेडको बिरामीलाई छुट नदिएको पाए, यो नीति कार्यान्यन शुरुवात हो, अस्पतालले राम्रो कामको थालनी गरेकोमा धन्यबाद दिन्छु।’बरालले भने 

मन्त्री बरालले बुटवलको जेनस अस्पताललाई भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउन निर्देशन दिएका छन्। अस्पतालले संचालन अनुमति लिनेबेला १० प्रतिशत छुट अनिबार्य गर्नुपर्ने प्राबधान रहेको छ।

बिहीबार सामाजिक बिकास मन्त्रालयमा मन्त्री, अस्पताल प्रशासन र स्वास्थ्य महाशाखाका अधिकारीहरुका बिचमा सम्झौता कार्यान्वयन गर्ने र अस्पतालले पनि बिज्ञप्ति निकालेर उपचार बापतको १२ लाख रुपैया सुरजबाट नलिने घोषणा गरेको हो। 

मन्त्रालयले नीजि हस्पिटलहरुले प्राबधान अनुसारको उपचार गरे वा नगरेको बारेमा मन्त्रालय कडाइका साथमा अघि बढ्ने मन्त्री बरालको भनाइ छ। अस्पतालकी सञ्चालक डा. शारदा सिंहले अबदेखि १० प्रतिशत उपचार निशुल्क गर्ने प्रतिबद्धता जनाएकी छन्।‘हामीले मापदण्ड र सबै प्राबधान अनुसार नै अघि बढ्छौ, सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार छौं ’उनले भनिन्।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले सहमतिका लागि अस्पताल सकारात्मक रुपमा अघि बढेको बताए।‘मन्त्रीज्युको पहलमा मेरो रकम छुट भएकोमा म खुसी छु मेरो घरमा पूजा भएकाले मन्त्रालयको मिटिङमा आउन सकिन।’ उनले फोनमा भने।

मोटरसाइकल दुर्घटनामा परेपछि ०७४ जेठ १४ गते बुटवलको जेनस अस्पताल भर्ना भएका नवलपरासी भर्तापुर–१, मिठ्ठाका २२ वर्षिय सुरज विक उपचार शुल्क तिर्न नसकेपछि अस्पतालमै राखिएका थिए र उनलाइ भदौ १५ गते शुक्रबार उद्धार गरी घर फर्काइएको थियो।

बाँकि पैसा अस्पताललाई तिर्ने कागज गराएर बिकलाई घर फर्काइएको थाहा पाएपछि मन्त्रालयले सो कदम चालेको हो। बिक परिवारको सबै सम्पत्ति बेचेपनि १२ लाख नपुग्ने अबस्था रहेकोले सञ्चारमाध्यमको सहयोगमा उनको उद्धार सम्भब भएको हो। समाचारहरु प्रकाशीत भएपछि मन्त्रालयको ध्यानाकर्षण भएकाले उनको उपचारको सबै रकम छुट भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ