arrow

'निर्मलाका निम्ति न्याय': देशका अधिकांश ठाउँमा शनिवार जनता भेला हुने

#JusticeForNirmala

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
Nirmala_janta_bhela.jpg

काठमाडौं। कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रसाशनले अलमल गरिरहेको आशंकामा भोलि  शनिवार देशका अधिकांश ठाउँमा 'निर्मलाका निम्ति न्याय' अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ। 

देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, पोखराको मानवधिकार चोक, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक आदी रहेका छन्।  

घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो। समाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन शनिवार दिउँसो १ बजे हुनेछ। 

निर्मला पन्तका आमा-बाबु न्यायको खोजीमा देशको राजधानी आउनु परेको अवस्थामा न्याय दिन सरकार किन हिच्किचाईरहेको छ भन्ने प्रश्न जनमानसले गर्न थालेका छन्। 

निर्मलाकालागि न्याय भन्दै सामाजिक संजाल र मिडियाहरु निरन्तर आवाज उठाईरहँदा पनि दोषी पत्ता लगाउन सरकार असफल हुँदै आएको छ। दोषी पत्ता लगाउनकालागि  आयोगहरु बनिसके पनि दोषी पत्ता लगाउन नसक्नुले शंकाको सुई उच्चपदस्थहरु र पहुँचवालाहरु तर्फ घूमेको छ। 

मानवअधिकार आयोगले पनि पर्हरीको सुरुवाती अनुसन्धान प्रकृयामा प्रशन उठाइसकेको छ। यसरी न्यायकालागि समय लम्बिदै जानुले अनेक शंका उपशंका पैदा गरेकाले सरकारलाई दवाब दिन उक्त प्रदर्शन हुन लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ