arrow

यू–१९ एकदिवसीय क्रिकेटमा नेपाल भारतसँग पराजित

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं। भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ। लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो। टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो। एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए। कप्तान अनुज रावतले ४७ रन बनाए। बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक ÷एक विकेट लिए।

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने। तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए। बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार-चार विकेट लिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ