arrow

पाल्पाका पशुहरुमा खोरेत रोगको संक्रमण

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ३० शनिबार
Palpa_District.png

पाल्पा। जिल्लाका विभिन्न स्थानहरुका पशुहरुमा खोरेत रोग देखिएको छ। हावा र र्‍यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका वडा १० को कुमाल गाउँमा पालिएका पशुमा देखिएको रामपुर पशु विकास शाखाले जनाएको छ।

यस क्षेत्रका एक हजार सात पशुमा खोरेत रोगले आक्रमण गरेको हो। खोरेत रोग हावा, र्‍यालबाट एकबाट अर्को पशुमा सर्ने सरुवा रोग भएकाले रोग लागेका पशुहरुको समयमै उपचार नभए पछि यस क्षेत्रमा अन्य पशुहरुमा पनि सर्दै गएको छ। र्‍याल काढ्ने, खुट्टा र मुखमा बिबिरा आउने, डिड्डुल गर्न नसक्ने, खाना खान नसक्ने, जिब्रोमा घाउ आउने जस्ता लक्ष्णहरु देखिएको पशु प्राबिधिकहरु बताउँछन्।

पशुपालक कृषकले समयमा नै खबर नगरेका कारण खोरेत रोगको महामारी फैलिएको पशु विकास शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले बताए। किसानले पालेका गाई, भैसी, गोरु, बाख्रा, बंगुर लगायतका पशुमा खोरेत रोग लागेको पशुशाखाले  जनाएको छ।

खोरेत रोगले पशुमा संक्रमित गरेको एक महिनापछि मात्र कृषकले पशु विकास शाखा रामपुरमा खबर गरेका कारण संक्रमण फैलिएको छ। कृषकले पशु विकास शाखामा खबर गरे लगत्तै स्थलगत अनुगमन पश्चात तत्काल उपचारमा जुटेको प्रमुख भट्टराईले बताए। उनले रामपुर नगरपालिका र प्रदेश सरकारबाट उपचारका लागि खोरेत बिरुद्धको भ्याक्सिङ्ग, औषधी उपचार सहयोग उप लब्ध भएको बताए। 

“रामपुर नगरपालिका १० को कुमाल गाउँ संगै आसपासका क्षेत्रहरु रामटार, हेक्लाङ्ग, च्याङ्गलिङ्ग लगायतका क्षेत्रमा पालिएका पशुमा खोरेत बिरुद्धको भ्याक्सिङ्ग लगाउने तयारीमा छौ” प्रमुख भट्टराईले भने।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ