arrow

प्रधानमन्त्रीले डिजिटल सिस्टमबाट लिनेछन् मन्त्रीको परीक्षा

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
oli-cabinet.jpg

काठमाडौं। अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन्। असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो। अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ।

सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन्। कार्यतालिका अनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन्। 

मन्त्रालयहरूले हरेक महिना ७ गतेभित्र कार्ययोजना अनुसारको प्रगति विवरण बुझाएलगत्तै तीन श्रेणीमध्ये एउटामा सूचीकृत हुनेछ। सफ्टवेयरले नै मूल्यांकन गरेर सूचीकृत गर्नेछ। प्रतिबद्धता अनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रीन जोनुभित्र पर्नेछन्। ५० देखि ८० प्रतिशत काम गर्ने औसत अर्थात् एल्लो  जोनुभित्र पर्नेछन्। ५० प्रतिशतभन्दा कम निराशाजनक काम गर्ने मन्त्री रेड जोन भित्र पर्नेछन्। (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ