arrow

बाबुराम भट्टराईलाई हत्यारा भन्दै अमेरिकामा देखाइयो कालो झण्डा 

लगाइयो ‘गो–ब्याक’ को नारा  ( भिडियो)

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
baburam-bhattrai.jpg

टेक्सास । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई अमेरिकामा हत्यारा भन्दै कालोझण्डा देखाइएको छ ।

टेक्सासको डालसमा शनिबार नेपाली समुदायसंगको अन्तर्क्रिया कार्यक्रमका लागि पुगेका भट्टराईलाई तत्कालीन माओवादीले सशस्त्र द्धन्द्धका बेलामा मच्याएको हिंसा र जथाभावी सर्वसाधारणको हत्या गरेको आरोपमा कालो झण्डा देखाइएको हो । 

एनआरएनए टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास लगायतको संयुक्त आयोजनामा कार्यक्रम शुरु हुनै लाग्दा हल भित्र पस्ने क्रममा डा भट्टराई तथा उनकी पत्नी हिसिला यमीलाई कालो झण्डा देखाइएको हो ।

माओवादी द्धन्द्धका क्रममा हजारौं निर्दोष नेपाली नागरिकको हत्या, अपहरण गरेको तथा हजारौंलाई बिस्थापित हुन बाध्य पारिंदा डा भट्टराई पनि नाइकेमध्येका एक भएकोले बिरोध स्वरुप युद्ध अपराधीलाई अमेरिकामा कालो झण्डा देखाएको तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टरार्इले बताए । 

अमेरिकाको डिसीबाट नेपाली समुदायसंगको कार्यक्रम शुरु गरेका भट्टराईलाई दोश्रो कार्यक्रम डालसमा कालो झण्डा देखाइएको हो । 

माओवादी छाडेर नयाँ पार्टी खोलेपछि उनले प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा गोरखाबाट चुनाव जितेका थिए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ