arrow

'नरहरी दाईले छोरीलाई म ठीक छु भन्नुभयो'

आचार्यलाई आईसियुबाट बाहिर निकालियो

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
narhari-report.jpg.jpeg
काठमाडौं। काँग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा राम्रो सुधार भएको छ। नेता आचार्यको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै आचार्यका पारिवारिक सहयोगी तथा काँग्रेस काठमाडौंका नेता रामचन्द्र घिमिरेले स्वास्थ्य अवस्था राम्रो हुँदै गएको र सिटिसक्यानबाट खसेको क्ल्ट घट्दै गएको बताएका छन्।
 
आचार्यले सामान्य खाना खान थालेका छन्। कमजोरीलाई मेट्न आचार्यलाई कुरीलाको रस, जुस, फलफूल खुवाईएको घिमिरेले बताए। थेरापि गर्दा तागत बढी चाहिने हुँदा बिस्तारै थेरापिको मात्रा शरिरले धान्न सक्ने गरी बढाईएको छ। 
 
घिमिरेले भने ' शासले बोल्नु हुन्छ, ओमको उच्चारण घरिघरि आउँछ। थेरापि उपचारले दाहिने हात अलि बलियो हुँदै आएको छ। गोडामा सुस्त सुधार हुँदै आएको छ। एकपटक छोरीलाई म ठिक छु भनेर पनि भन्नू भयो भनेर मसँग भनेकि छन्।'  
 
आचार्यलाई आईसियुबाट भने बाहिर निकालिएको छ। तर भेट्नका लागि आचार्यको श्रीमती शारदा र छोरी अनामिकालाई मात्र दिईएको छ। घिमिरेले भने 'उहाँहरू दुबैजना समयमा खुवाउने, समयमा थेरापि गराउने र उहाँले सक्दा हुईलचेयरमा राखेर घुमाउने काम गर्नु भएको छ।'
 
डा.उपेन्द्र देवकोटाले अतिनै मिहिनेतका साथ उहाँको उपचारमा खटको उल्लेख गर्दै घिमिरेले देवकोटाकै भनाई अनुसार केही समय आचार्यलाई भेट्न नदिनु भनेको जनाएका छन। देवकोटाले भनेका छन् 'आईसियूमा हुदा मैले कसैलाई भेट्न दिईन अहिले पनि म पनि दिन्न, तपाईहरूले पनि कसैलाई भेट्न नदिनु। तपाईहरूका तर्फबाट गर्ने उपचारमा सहयोग यहि हुनेछ।'
 
अस्पतालको बाहिर उहाँको स्वास्थ्य सुधारको कामना गर्न रजिस्टर राखिएको जनाउँदै घिमिरेले केही समयका लागि आचार्यलाई नभेटि उहाँको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ