arrow

ऋषिमुनीहरुकै निष्कर्ष : स्त्री भन्दा धन्य अरु केही छैन!

logo
शुदर्सन अर्याल,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
nari-woman.jpg

नयाँ दिल्ली। कलियुगमा स्त्रीको महत्व कति हुन्छ? हाम्रा त्रिकालदर्शी ऋषिमुनीहरुले उतिबेला नै कलियुगका स्त्रीको विषयमा केही निचोड निकालेका थिए। विष्णुपुराणमा श्री परासरजीले भनेका छन्।   

उही समय गंगामा डुब्की लगाएको मेरो पुत्रलाई पानीबाट उठाएर सबै मुनीजनलाई सुनाएर भनेका थिए। कलियुग नै श्रेष्ठ हो, यसमा शुद्र नै श्रेष्ठ हुन्छन्। यति भनेर व्यासजी फेरि पानीमा डुब्की मारे। फेरि पानीबाट उठेर उनी भन्छन्। शुद्र तिमी नै श्रेष्ठ हौ तिमी नै धन्य हौ। ती महामुनी फेरि पनि पानीमा डुबेर फेरि सबै ऋषिमुनीहरुसँग भन्छन् 

निमग्नश्च समुत्थाय पुनः प्राह महामुनी ।
योषित साधु धन्यास्तास्ताभ्यो धन्यतरोस्ति क : ।।

अर्थात् स्त्री नै साधु हुन्, उनीहरु नै धन्य हुन्। कलिमा स्त्री भन्दा धन्य र श्रेष्ठ अरु को हुन सक्छ? व्यासजीको यो प्रश्नमा सबैले सहमतिमूलक मुन्टो हल्लाएर यही विषयमा सहमति जनाएका छन्। 

के हो साधुको अर्थ ? 
पुराणहरुमा धेरैतिर साधु साधु शव्द प्रयोग गरिएको छ। तर साधुको अर्थ के हो? जुन फल सत्य युगमा दस वर्ष तपस्या, ब्रह्मचर्य तथा जप आदि गरेपछि पाउने फल त्रेतापुगमा एक वर्ष द्वापर युगमा एक महिना तथा कलि युगमा एक दिन र रातमा नै मोक्ष मिल्ने छ। यही यज्ञ गर्ने मानिस नै कलियुगमा श्रेष्ठ मानिन्छ।

व्यास भन्छन् यही फल प्राप्त गर्नको लागि सत्ययुगमा ध्यान, त्रेता युगमा यज्ञ र द्वापर युगमा देवार्चनाबाट प्राप्त हुने फल कलियुगमा भगवान् आराधनाबाट मात्रै पनि प्राप्त हुन सक्छ। 

कस्तो हुन्छन् कलिकी स्त्रीहरुको स्वभाव ? 
ऋषि परासर जी भन्छन् कलियुगमा मनुष्यहरुको प्रवृत्ति वर्णाश्रम धर्मानुकूल रहँदैन। कलियुगमा धर्मविवाह, गुरु शिष्य सम्बन्धको स्थिती, दाम्पत्यक्रम तथा अनुष्ठान कर्म पनि बाँकी रहँदैन। 

कलियुगमा जो बलवान हुन्छ उही सबैकी स्वामी कहलाउँछ। चाहे ऊ जस्तोसुकै नियतको मानिस हो। जस्तो सुकै कूलमा जन्मिएको किन नहोस्। ती सबै कन्याहरु ग्रहणको लागि योग्य मानिन्छन्। 

सर्वमेव कलौ शास्त्रं यस्य यद्वचनं द्विज ।
देवता च कलौ सर्वा सर्वस्सर्वस्य चाश्रम : ।। 

अर्थात्, कलियुगमा जोसको मुखबाट जे निस्कन्छ उही शास्त्र कहलाउँछ। सबै मानिस आफू आफैंमा भगवान मानेर बस्दछन्। सबैले आफ्ना घरहरुलाई आश्रम मान्दछन्। अर्को श्लोकमा भनिएको छ 

सुवर्णमणिरत्नादौ वस्त्रे चोपक्षयं गते ।
कलौ स्त्रीयौ भविष्यन्ति तदा केशैरलङ्कृता : ।।

अर्थात् कलियुगमा मानिसहरु थोरै सम्पत्तिमा पनि आफू धनी भएको मानेर अभिमान देखाउँछन्। विदुषी महिलाहरुको अभाव हुँदै जान्छ भने महिलाहरु आफ्नो केशलाई नै सुन्दरता मानेर अभिमान देखाउने गर्दछन्। 

त्यस्तै अर्को प्रसंगमा भनिएको छ कि 

स्त्रीय कलौ भविष्यन्ति स्वैरिण्यो ललितस्पृहा : । 
अन्यायावाप्तवित्तेषु पुरुषाः स्मृहयालव : ।।

अर्थात्, कलियुगमा स्त्रीहरु सुन्दर पुरुषको कामनाबाट स्वेच्छाचारि बन्दछन्। तथा पुरुषहरु तिनै स्त्रीहरुलाई आकर्षित गराउनको लागि अन्यायबाट आर्जित धनको ईच्छुक हुन्छन्। यसरी कलियुगको विष्णु पुराणमा धेरै प्रमाणहरुका साथ विषय उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ