arrow

विश्व सरसफाइ दिवसमा जयबागेश्वरी मन्दिर सरसफाइ

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
clean.jpg

काठमाडौं । विश्व सरसफाइ दिवस २०१८ को अवसरमा ‘युथ फर ह्रयुम्यान राईट्स नेपाल च्याप्टर’, कृति फाउण्डेशनले क्लीन अफ नेपालको सहकार्यमा जयवागेश्वरी मन्दिर परिसर वरपरका स्थानमा सरसफाइ गरेको छ । गत शनिबार कामनपा–८ मा वडा अध्यक्ष दिनेश सिंह डंगोलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

युथ फर ह्रयुम्यान राइट् नेपालका नेशनल कोअर्डिनेशन कमिटिका सदस्य मानवअधिकारकर्मी  गुणराज प्याकुरेलले एक दिन मात्र गरिएको सरसफाइ कार्यक्रम जनचेतना फैलाउनका लागि भएको बताए ।

अष्ट्रेलियन एम्बेसीसँगको सहकार्यमा क्लीन अफ नेपालले हरेक वर्ष सेप्टेम्बर १५ मा पर्ने विश्व सरसफाइ दिवसका अवसरमा यस्ता सरसफाइ अभियानका कार्यक्रम गर्ने गरेको छ ।

देशैभर उक्त दिन यस्ता सरसफाइ अभियान चलाएकोमा सयौ सहभागीहरुले देखाएको उत्साहले यस्ता कार्यक्रम गरिरहन उत्प्रेरणा दिएको आयोजकले भनाइ छ ।

जयबागेश्वरी सरसफाइ कार्यक्रममा ५० भन्दा बढी स्वयंसेवक, कामनपा–८ का पदाधिकारी तथा कर्मचारीहरु, लायन्स क्लब, स्थानीय युवा क्लब तथा  स्थानीय बासिन्दा तथा युथ फर ह्रयुम्यान राईट्स नेपाल च्याप्टरका स्वयंसेवीहरुको व्यापक सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रम समापनपछि सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कामनपा–८ का वडा अध्यक्ष डंगोलले आगामी दिनमा पनि यस्ता अभियानमा जुटेर आफ्नो शहर सफा राख्न सबैलाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ