arrow

रामपुर ९ का वडाबासीसँग प्रहरीको अन्तरक्रिया

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज २ मंगलबार
palpa-basi.jpg

पाल्पा ।  इलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिका वडा नम्बर ९ जब्गादीमा वडाबासीसँग समाजमा शान्ति सुरक्षा र सामाजिक गतिबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

रामपुर नगरपालिका वडा नम्बर ९ को आयोजना र प्रहरी चौकी जब्गादीको व्यवस्थापनमा भएको अन्तरक्रियामा सहभागी वडा नम्बर ९ बासी र पुर्वखोला १ सिलुवाका प्रतिनिधिले समाजमा शान्ति सुव्यवस्था र अमनचयनका लागि नागरिक र प्रहरीले समन्वयात्मक भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले त्यसक्षेत्रका बिद्यालय र समुदायमा ट्राफिक नियम, जबरजस्ती करणी तथा अपराध न्युनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालनलाई प्राथमिकता, जब्गादी प्रहरी चौकीमा जनशक्ति थप, अबैध मदिरा उत्पादन तथा बिक्रीले समाजमा पारेको नकारात्मक प्रभाव, जब्गादी बजारमा दर्ता विना सञ्चालित बिभिन्न व्यापार व्यवसाय र चाडपर्वको बेला हुनसक्ने संभावित घटनालाई मध्यनजर गर्दै स्थानीय र प्रहरी मिलेर सामाजिक कार्यमा लाग्न आबश्यक रहेको औल्याएका थिए ।

 अन्तरक्रियामा सहभागीको जिज्ञासा मेटाउदै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले पछिल्लो समय रामपुर क्षेत्रमा प्रहरीले आम नागरिकसँगको समन्वयमा कार्यक्रम गर्दै आएको बताए ।

 इलाका प्रहरी कार्यालय रामपुरमा सरुवा भइ आएको ९६ दिनको अबधिमा पाण्डेले जनप्रतिनिधि, वडाबासी, बिद्यार्थी, क्लबहरुसँगको समन्वयमा ३० भन्दा बढी कार्यक्रम गरेको बताउदै वडामा शान्ति सुरक्षा र सुव्यवस्थित वडा बनाउन स्थानीय तहका जनप्रतिनिधिले मापदण्ड बनाएर अगाडी बढे यसको कार्यान्वयनमा प्रहरी र समुदाय आफैले अगुवाई गर्ने बताए ।

उनले जब्गादी प्रहरी चौकीमा २-३ दिनमा १ जना जनशक्ति थप गर्न जिल्लामा पहल गरेको जानकारी दिदै नयाँ मुलुकी अपराध सम्बन्धी ऐन २०७४ को कानुनी व्यवस्थामा जबरजस्ती करणी, विवाह सम्बन्धी कसुर एंव गाउँठाउँका झैझगडा र अपराधका बारेमा कानुनी व्यबस्थाबारे सचेतना अहिले महत्वपुर्ण रहेको बताए ।

 सवारी साधन चलाउने चालकलाई सबै कुराको ज्ञान भएर पनि लापरबाही गरिरहेकाले सचेतना भन्दा पछिल्लो समय ट्राफिक नियम पालना नगर्ने चालक र सवारी साधन उपर कारबाहीलाई प्रहरीले प्राथमिकता दिएको छ पाण्डेले भने– हेलमेट लगाउन, काजगपत्र साथमा बोक्न र सवारी नविकरण गर्नुपर्ने कुरा चालकलाई थाहा छ तर कार्यान्वयन भएको छैन त्यसैले यसमा सचेतना भन्दा कारबाही गर्दै उनीहरुलाई नियमपुर्वक चलाउन प्रेरित गरेका छौ ।

 पाण्डेले पछिल्लो ३ महिनामा यस्ता सवारी साधन कारबाहीमा ३ लाख बढी राजश्व संङ्कलन तथा ३ वटा चोरीका मोटरसाइकल प्रक्राउ गर्न सफल भएको बताए ।

अन्तरक्रियामा रामपुर ९ र पुर्वखोला १ सिलुवाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, बजार व्यवस्थापन, शिक्षण संस्था,युवा क्लब, त्यस क्षेत्रमा रहेका बित्तिय संस्था, आमा समुह तथा बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सोही अबसरमा बोल्दै रामपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष इच्छाराम सिंजालीले वडामा कुनैपनि आपराधिक क्रियाकलाप हुन नदिन तर्फ आफुहरु केन्द्रित रहेको बताउदै यसका लागि प्रहरी र नागरिकको समन्वय महत्वपुर्ण रहेको बताए ।

पुर्वखोला गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भोग बहादुर थापाले प्रयास गर्दा पनि अबैध घरेलु मदिरा उत्पादनलाई रोक्न नसकिएको बताए ।

उनले त्यस्ता घरबस्तीमा फरक कार्यक्रम गरि आम्दानी लिन सक्ने भएपछि अबैध मदिरा उत्पादन रोकिन सक्ने बताउदै आफुहरु यसको प्रयासमा लागेको बताए ।

 भानुभक्त माबिका प्रध्यानाध्यापक पिताम्बर कार्कीले बिद्यालयमा बिद्यार्थी केन्द्रित कार्यक्रम गर्न आग्रह गर्दै यसको लागि बिद्यालयले सघाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ