arrow

मन्त्रीहरु संविधान दिवसमा  ‘कालो दिवस’ मनाउन गाउँगाउँमा

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
sambidhan.jpg

काठमाडौं । संविधान जारी भएको ऐतिहासिक दिन ३ असोजमा संविधान दिवस मनाउने सरकारले भब्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र प्रदेश २ का मन्त्रीहरु भने सोही दिनलाई कालो दिवसका रुपमा मनाउन गाउँ गाउँ पुगेका छन् ।

राजपा नेपालबाट प्रदेश नम्बर २ मा मन्त्री भएकाहरु मंगलबार नै तयारीका निम्ति मधेशका गाउँ गाउँमा पुगेका छन् । पार्टीले शीर्ष नेतासहित मन्त्रीलाई विरोध र्याली, सभासहित त्यसको तयारीका लागि जुट्न यसअघि नै निर्देशन दिइसकेको छ ।

जिल्ला जिल्लामा हुने विरोध कार्यक्रमका तयारी, विरोध प्रदर्शन तथा विरोधसभालाई सम्बोधनका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बारा र पर्सामा हुने कार्यक्रममा भाग लिनेछन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अनिलकुमार झा बाँके, बर्दिया तथा कैलाली कञ्चनपुर गाउँमा पुगिसकेका छन् । (राजधानी दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ