arrow

संविधान दिवसमा वृक्षारोपण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असोज ३ बुधबार
brikchaya-ropan.jpg

कपिलवस्तु । संविधान दिवसको अवसरमा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा  परिसरमा वृक्षारोपण गरिएको छ ।  सो अवसरमा सांसद अभिषेक प्रताप शाहले सविधान दिवसको सक्षिप्त शुभकामना दिदै लोकतन्त्रको संस्थागत विकासको लागी सविधान अपरिहार्य भएको बताए ।

 वर्तमान सरकारले लोकतन्त्रको रक्षा गर्नुको साटो अधिनायकवाद लाद्न खोजेको शाहले बताए । त्यस्तो कुनै पनि अधिनायक वाद र लोकतन्त्रविरुद्धबा कार्य नेपाली जनताले नसहने उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल , सहयक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल , कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह, क्याम्पस संचालन समितिका अध्यक्ष रामदास गुप्ता , क्याम्पस प्रमुख नवराज तिवारी, सहायक क्याम्पस प्रमुख विनय पाण्डेय लगायतले वृक्षारोपण तथा सविधान दिवसको शुभकामना दिएका थिए ।

क्याम्पसका प्राध्यापक विद्यार्थी गरी सयौको उपस्थिीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । क्याम्पस परिसरमा २ सय वढि टिकका विरुवा रोपिएको क्याम्पसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ