arrow

उपराष्ट्रपति पदको निर्वाचन सुरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1486061360.jpeg
 
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचन व्यवस्थापिका संसद नयाँवानेश्वरमान सुरु भएको छ । भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्नेछ । 

मतदानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्रका दुईसमेत ५९७ जना सभासद्लाई मतदानको अधिकार रहेको छ । 

उपराष्ट्रपति पदका लागि एनेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुन र नेपाली काँग्रेसका पुराना नेता अमियकुमार यादव प्रतिस्पर्धामा छन् ।

मतदानपछि दिउँसो १४ः३० बाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा सभामुख ओनसरी घर्तीमगरले मत परिणाम घोषणा गर्ने संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ