arrow

शिक्षक धम्क्याउने नेकपाबाट वडाध्यक्ष बनेका अर्यालविरुद्ध सर्वत्र विरोध 

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
sikchak-mahasangh.jpg

तम्घास । शिक्षक कुट्ने वडाध्यक्षको सर्वत्र विरोध भइरहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० स्थित भगवती माध्यमित विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टले गत असोज १ गते दिउँसो ३ बजे कक्षा ८ मा पढाइरहेको अवस्थामा रेसुङ्ग नगरपालिका १० सिमिचौरका वडाध्यक्ष पदम प्रसाद अर्यालले विष्टलाई धम्क्याउने, तर्साउने र तथानाम गालीगलौज गरेका थिए । 

नेपाल शिक्षक महासंघ नगर कार्यसमिति रेसुङ्गाले विज्ञप्ति जारी गरी शिक्षक र शिक्षण संस्थामाथि कुनै पनि प्रकारका दुव्र्यवहार र अवान्छित क्रियाकलापहरु तत्काल रोक्नका लागि सम्पूर्ण सरोकारवाला पक्षहरुसंग अपील गरेको छ । 

शिक्षक धम्क्याउने अर्याल उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनले पदीय अधिकारको दुरुपयोग गरेको आरोप समेत लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ