arrow

गम्भीर हुन संचार तथा सुचना प्रविधि मन्त्रीलाई वर्कर्स युनियनको ध्यानाकर्षण

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
ntcwu.jpg

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले प्रविधिको तीव्र परिवर्तन तथा कडा प्रतिस्पर्धात्मक बर्तमान दुरसञ्चार बजारमा नेपाल टेलिकम सामु देखिएका कडा चुनौतिहरुको सामना गर्नका लागि नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

कम्पनीलाई नेतृत्वविहीन बनाइराख्न देशी विदेशी विचौलियाहरुको प्रभाव परेको हो कि भनि युनियनले प्रश्न समेत गरेको छ ।

सो विषयमा माननीय संचार तथा सुचना प्रविधि मन्त्रीलाई गम्भीर हुन अनुरोध गर्दैै कम्पनीको पुनःसंरचनासँगै कम्पनिको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धि निर्देशिका २०७२ अनुसार प्रवन्ध निर्देशक तत्काल नियुक्ति गर्न युनियनले विज्ञाप्ति जारी गर्दै जोडदार माग गरेको छ ।

यस्तो छ विज्ञप्ति –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ