arrow

कामपाले ११ करोडको ब्रुमरले शहर सफा गर्ने

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ ।

ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ ।

ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन कामपामा परेका छन् । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ ।

यसैबीच कामपाले शहर सफा गर्न गत हप्तादेखि पाँच वटा ठूला यन्त्र सञ्चालनमा ल्याएको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर ती यन्त्र प्रयोगमा ल्याइएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ