arrow

बस र मोटरसाईकल ठोकिदाँ दुई घाइते

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज ५ शुक्रबार

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ४ सेराबजारमा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ दुई जना घाईते भएका छन् ।

बुटवलबाट राम्दी तर्फ आउँदै  गरेको लु १ ख ६५८७ नम्वरको बस र विपरीत दिशा तर्फ जाँदै गरेको लु १३ प ८४४९ नम्वरको मोटरसाईकल एक आपसमा ठाकिदाँ  शुक्रबार दुई जना घाईते भएका हुन् ।

घाइते हुनेमा मोटसाईकल चालक  बुटवल उपमहानगरपालिका १९ का ४९ वर्षका उत्तम गुरुङ र मटरसाईकलमा सवार  बुटवल उपमहानगरपालिका गोलपार्ककी ३६ वर्षीय लेमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको  छ  ।

चालक उत्तमको बायाँ हातमा चोट लागेको र लेमायाको दाईने खुट्टा र टाउकोमा चोट लागेको  र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ  । घाईते  दुवै जनाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ