arrow

ब्रजिलको अर्थतन्त्रमा सुधार आउदै

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
brazil-ecomomy.png

एजेन्सी। ब्राजिलको अर्थतन्त्रमा गत जुलाई महिनामा सुधार आएको विवरण सार्वजनिक भएको छ। जुलाई महिनामा ब्राजिलको अर्थतन्त्रमा शून्य दशमालव ५७ प्रतिशतको वृद्धिदर हासिल भएको हो। सोमबार ब्राजिलको केन्द्रीय बैंकले दिएको जानकारी अनुसार आर्थिक गतिविधिको सूचकमा पनि सुधार आएको छ। 

ब्राजिलको अर्थतन्त्रले लगाताररुपमा आफ्नो अर्थतन्त्रमा दोस्रो महिनामा सुधारको नतिजा हासिल गरेको हो। दक्षिण अमेरिकाको सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक पछिल्लो समय आर्थिक हिसाबमा केही समस्यामा रहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो।

विवरण अनुसार वर्षको सुरुवाती महिनाहरुमा ब्राजिलको अर्थतन्त्रमा केही कमजोर  भएता पनि त्यसयता भने अर्थतन्त्रमा लगाताररुपमा सुधार आइरहेको छ। गत मे महिनामा भने ब्राजिलको अर्थतन्त्रमा तीन दशमलव ३५ प्रतिशतको गिरावट आएको  थियो।

सो महिनामा ब्राजिलमा भएको ट्रक व्यवसायीहरुको आन्दोलनको कारण आर्थिक क्षेत्र पनि केही कमजोर बन्न पुगेको हो। जुन महिनामा भने ब्राजिलको अर्थतन्त्र लयमा फर्किएको थियो। जुन महिनामा ब्राजिलको अर्थतन्त्रमा तीन दशमलव ४२ प्रतिशतको वृद्धिदर थियो। जुलाई महिनामा भने ब्राजिलको अर्थतन्त्र बलियो अवस्थामा रहेको केन्द्र बैकले जनाएको छ। जुलाई महिनामाको वूद्धि गत अप्रिल महिनामा देखिएको सुधारको बराबरीको नतिजा हो। वार्षिक हिसाबमा भने जुलाई महिनामा ब्राजिलको अर्थतन्त्रमा दुई दशमलव ५६ प्रतिशतको वृद्धिदर भएको हो। केन्द्रीय बैंकका अनुसार यस वर्षको सुरुवाती सात महिनाको अवधिमा ब्राजिलको अर्थतन्त्रमा एक दशमलव १९ प्रतिशतको वृद्धि भएको छ। 

सन् २०१७ को सुरुवाती सात महिनामा पनि ब्राजिलको अर्थतन्त्रमा सोही किसिमको आर्थिक सुधारको प्रतिफल प्राप्त भएको थियो। जुलाई अघिका १२ महिनामा भने ब्राजिलको अर्थतन्त्र एक दशमलव ४६ प्रतिशतको वृद्धिदरमा अघि बढेको देखिएको छ। 

त्यसैगरी सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा ब्राजिलको अर्थतन्त्रमा शून्य दशमलव २ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको छ। सन् २०१५ र २०१६ को बीचमा व्यापक आर्थिक गिरावटको सामना गरेको ब्राजिल पछिल्लो समय भने उक्त गिरावटबाट पार पाउनका लागि संघर्ष गर्ने क्रममा रहेको छ।

दुई वर्षको गिरावटपछि सन् २०१७ मा ब्राजिलको अर्थतन्त्रमा एक प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो। ब्राजिलको अहिले सार्वजनिक भएको विवरण यसअघि विश्लेषकहरुले अनुमान गरेको आर्थिक नतिजासँग मिल्दोजुल्दो रहेको छ। अहिले ब्राजिल आफ्नो नयाँ आर्थिक नीतिमा अघि बढिरहेको केन्द्र बैंकको विवरणमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ