arrow

यस्तो मोबाईल एप्स जसले देखाउँछ, रक्सी सेवनले अनुहार कति कुरुप हुन्छ

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
drinking-miror.jpg

काठमाडौं । विश्व प्रविधिमा धेरै अघि बढिसकेको छ । दिनकै नयाँ–नयाँ प्रविधिको विकास विश्वबजारमा भित्रिने गरेको छ । एक स्मार्टफोन एप्लिकेशनले रक्सीले मानिसको अनुहारमा पर्ने भविश्यको असरलाई झल्काईदिन्छ ।

सुन्दर हुने रहर कसलाई हुँदैन र ? जोकोही सुन्दर देखिन चाहन्छन् । तर, मोजमस्ती गर्ने क्रममा पिउने रक्सीले भविष्यमा अनुहारको सुन्दरता विगार्न सक्छ भन्नेतर्फ भने केही मानिस मात्रै सजग भएका होलान् । तर, अब भने भविश्यमा रक्सी सेवनले विग्रिन सक्ने अनुहारको सुन्दरता पहिल्यै थाहा हुने भएको छ । जसले रक्सी सेवन गर्नेहरुलाई राहत दिन सक्छ ।

 स्मार्टफोनको यस्तो एप्लिकेशन भने महिलाहरुको लागि हो । उक्त एप्लिकेशनले रक्सी सेवनले भविष्यमा महिलाहरुको अनुहारमा कति असर पर्छ भनेर देखाउने बीबीसीले जनाएको छ । उक्त एप्लिकेशन भने ३१ देखि ४४ वर्षीया महिलाहरुलाई लक्षित गरेर ल्याइएको जनाइएको छ ।

उक्त एप्लिकेशन ‘ड्रिन्किङ मिरर’ अर्थात् ‘पेय ऐना’ भएको बताइन्छ । जसले रक्सी सेवन कम गरेमा महिलाको उमेर १० वर्ष कम जस्तो लाग्न सक्ने बताउन सक्छ ।

युरोपमा रक्सी सेवनका कारण कयौं महिलाको मृत्यु छोटो उमेरमा हुने गरेको देखिएको छ । स्कटल्याण्डको एक तथ्यांक अनुसार ३ जना मध्ये एक महिलाले शरीरको स्वास्थ्यका लागि लाभदायक हुने भन्दा अधिक मात्रामा रक्सी सेवन गर्ने गर्छन् । जसले फोक्सोको समस्या बढाउने बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ