arrow

फेरि स्कुल बन्द गर्यो विप्लवको विद्यार्थी संगठनले

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
Biplab1.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फेरि स्कुल बन्द आब्हान गरेको छ । 

पटक पटक विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि आफ्ना निहित मागहरु पूरा गर्नका लागि विप्लव समूहले बन्दलाई नै सजिलो माध्यम बनाएको छ । 

बिमस्टेकको सम्मेलनका क्रममा लगातार विद्यालय बन्द भएपछि मारमा परेका विद्यार्थीहरुलाई फेरि पनि गरिएका बन्दले भने ठूलो धक्का दिएको छ । 

अधिकांश विद्यालयहरुमा बडादशैंको बिदा अगाडि परीक्षा समेत सकाउनु पर्नेछ । तर पाठ्यक्रम नै नसकिई परीक्षा दिलाउन समेत विद्यालयलाई गाह्रो परेको छ । 

विभिन्न शैक्षिक अभियानका व्यक्तिहरुले बन्द नहुने र विद्यालय व्यवस्थापनलाई विद्यालय खोल्न आब्हान गरे पनि ठूलो जोखिम मोल्न विद्यालयहरु तयार देखिएका छैनन् । 

केही विद्यालयहरुले काठमाडौं उपत्यकामा सोमबार हुने इन्द्रजात्राको बिदा कटौटी गरेर आइतबार अपर्झट बिदा दिएका छन् । 

स्कुलका बसलाई एम्बुलेन्स सरह मानेर विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने दलहरुबीच नै धेरै अगाडिदेखि सहमति भए पनि विप्लव नेतृत्वको पार्टीले भने यसको बेवास्ता गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ