arrow

शौचालय निर्माणार्थ झिलझिलेमा कन्सर्ट

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
53633148.jpeg
झापा । सार्वजनिक शौचालय निर्माणमा सहयोग जुटाउने उद्धेश्यले झापाको झिलझिलेमा वृहत सांगीतिक कार्यक्रम हुने भएको छ । झापाली युवा सरोकार समाज नेपालको आयोजनामा यहिै कार्तिक २३ गते ‘छैठो म्यूजिकल इभ लाइभ इन कन्सर्ट’ हुन लागेको हो ।

कार्यक्रममा मुक्ति एण्ड रिभाईवल व्याण्ड काठमाण्डौको बिशेष प्रस्तुति रहने छ । त्यसैगरी चर्चित पप गायिका श्रेया सोताङ, गायकहरु कुवेर राई, टंक बढाथोकी, वादल लिम्बु र पुष्कर सुनुवारको पनि कार्यक्रममा प्रस्तुति रहने छ ।

कार्यक्रमका संयोजक सुरज रिङ्गालुङ राईले बढ्दो जनसंख्या र बजारीकरणले झिलझिलेमा सार्वजनिक शौचालयको अभाब रहेकाले त्यसको निर्माणका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रम संम्पन्न गर्नलाई ८ लाख रुपैया खर्च हुने र त्यसका लागि टिकट बिक्री, स्टल बिक्री, विभिन्न व्यापारिक र व्यावसायिक प्रायोजक र प्रायोजन लगायत अन्य सहयोगीहरुवाट आर्थिक संकलन भईरहेको झापाली युवा सरोकार समाजका उपाध्यक्ष समेत रहेका राईले बताए ।

समाजका अध्यक्ष कविराज चाम्लिङले कार्यक्रम नाफा मुखी नभएर सेवामुखी भएकाले कार्यक्रममा सवै क्षेत्रको सहयोग रहने आशा व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ