arrow

बाल्यकालका ‘सेतु’, वयस्कका ‘महादेउ’, अहिले शताब्दी पुरुष 

जीवनका सय वर्ष, सय बढी सम्मान 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
ghimire1.JPG

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षमा प्रवेश । जन्म शताब्दी मनाईँदै । राष्ट्रकवि, सरकारी उपाधिबाट हो । घिमिरे ९९ वर्ष पूरा गरेर एक सय  वर्ष टेके ।   

सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा परेका घिमिरेको निवासमा पूजापाठ र पारिवारीक जमघट हुनुका साथै लैनचोरमा शुभकामना प्रदान गर्ने कार्यक्रम चल्यो । 

साहित्यका माध्यमबाट नेपाली समाजमा विशिष्ट योगदान दिने राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यमा कालजयी सिर्जनामार्फत अतुलनीय योगदान दिएका छन्  । विक्रम सम्वत १९७६ असोज ५ गते लमजुङको बाहुनडाडामा पिता गौरीशंकर उपाध्याय र माता द्रौपतीदेवीको पहिलो सन्तानको रूपमा घिमिरेको जन्म भएको हो । 

बाल्यकालमा ‘सेतु’ र पछि ‘महादेउ’ हुँदै माधवको नामबाट चिनिएका घिमिरे नेपाली साहित्यका कीर्तिमानी व्यक्तित्व हुन् । 
विक्रम सम्वत १९९९ देखि नै घिमिरेले भाषानुवाद परिषदमा लेखक पदबाट जागिरे जीवनको शुरुवात गरेका थिए । विक्रम सम्वत् २००२ देखि २००४ सम्म गोरखापत्रमा भाषा सम्पादनको काम गरेका घिमिरे केही समय लमजुङमै प्रधानाध्यापक भए ।
२००४ सालमा श्रीमति गौरीको निधन भएपछि शोककाब्य गौरी लेखेका राष्ट्रकविलाई आफुले लेखेका सबै कृति मनपरे पनि यो भने सबैभन्दा प्यारो कृति हो । 

लेखन, सम्पादन, शिक्षण पेशा हुँदै उनले प्रज्ञा प्रतिष्ठानको सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपतिसम्म बन्न सफल भए  । विक्रम सम्बत् १९९९ देखि २०४७ सम्म ४८ वर्षको जागिरे जीवनपछि उनले निरन्तर सिर्जनात्मक लेखन तथा प्राज्ञिक कार्य गरे । 

राष्ट्रकवि घिमिरेका कविता, गीत, कथा, निबन्ध, गीतिनाटक, खण्डकाव्य आदि सिर्जनाले नेपाली साहित्यलाई धनी बनाएको छ ।विक्रम सम्वत् १९९२ मा पहिलो पटक गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता प्रकाशित भएको थियो । 

राष्ट्रकवि घिमिरेले आठ दशकभन्दा बढी समयदेखि निरन्तर सिर्जना गरिरहेका  छन । नेपाली साहित्यमा अत्यन्तै कम लेखिएको गीतिनाटक क्षेत्रमा पनि राष्ट्रकवि माधव घिमिरेको अतुलनीय योगदान रहेको छ । 

नेपाली समाजमा अत्यधिक लोकप्रिय बनेको उनको  काव्य ‘गौरी’ जस्तै ‘मालती मङ्गले’ पनि चर्चित गीतिनाटक हो । यसैगरी, विषकन्या, अश्वत्थामा, हिमालपारी हिमालवारी, देउकी, बालकुमारीजस्ता गीतिनाटकहरू प्रकाशन र मञ्चनका दृष्टिले पनि लोकप्रिय बनेका छन् । 

घिमिरेलाई सरकारसँगै विभिन्न सङ्घ, संस्थाबाट एक सय पच्चीसभन्दा बढी मान, सम्मान, पदक, पुरस्कार, अभिनन्दनबाट सम्मान प्राप्त भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ