arrow

सन् २०२२ सम्म कतिले चलाउलान् फाइभजी ?

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
5G1.jpg

काठमाडौं । इन्टरनेटको प्रयोग व्यापक बन्दै गएको अवस्थामा अबको चार वर्षमा फोरजी र फाइभजीको व्यापक विस्तार हुने एक विवरणले देखाएको छ । विवरणमा २०२२ सम्मको अवधिमा विश्वभर पाँच अर्ब ६० करोड फोरजी कनेक्सनहरु हुनसक्ने उल्लेख गरिएको छ । 

सो अवधिमा समग्र इन्टरनेटको क्षेत्रमा फोरजीको ६० प्रतिशतको हिस्सा रहनेछ । यस वर्षको अन्तिमबाट सुरु हुनसक्ने अनुमान गरिएको फाइभजी भने त्यतिबेलासम्म ४० करोड कनेक्सनहरु रहने अनुमान गरिएको छ । ५जी अमेरिकाजकाअनुसार सन् २०१७ को जुन देखि गएको जुन महिनासम्ममा १ अर्ब कनेक्सन बढेको छ । यो नतिजामा अघिल्लो वार्षिक हिसाबमा ४३ प्रतिशतले वृद्धि भएको पाइएको हो । 

अहिले विश्वव्यापीरुपमा एलटीई कनेक्सन ३ अर्ब ६० करोड पुगेको देखिएको हो । विश्वव्यापीरुपमा मोबाइल कनेक्सनमा भने २०१८ को दोस्रो त्रैमासमा ६ प्रतिशतले बढेको हो । विश्वव्यापीरुपमा अहिले ८ अर्ब ५० करोड बनेक्सनहरु रहेका छन् । सन् २०२२ सम्मको अवधिमा भने एलटीईको बजारको हिस्सा बढेर ६०.३ प्रतिशतमा पुग्नसक्ने बताइएको छ । 

सन् २०१७ को जुनयता ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा मात्र एलटीईका नयाँ प्रयोगकर्ताहरुमा ८ करोड २० लाखले वृद्धि भएको छ । एलटीईको लागि उत्तर अमेरिका सबैभन्दा ठुलो बजारको हिस्सा रहेको क्षेत्रको रुपमा रहेको छ । यो क्षेत्रले समग्र एलटीई कनेक्सनको ७७ प्रतिशतको हिस्सा ओगटेको छ । एसिया तथा युरोपको बजारमा पनि पछिल्लो समय व्यापकमात्रामा एलटीईको बजार विस्तार भइरहेको विवरणमा देखिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ