arrow

१० दिनपछि खुल्यो बेनी–जोमसोम सडक 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
beni.jpg

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । 

म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । 

आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो । 

सडक सञ्चालनमा आएपछि बेनीदेखि सिधै जोमसोमसम्म सिधा सवारी सञ्चालन गर्न सकिने भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । 

मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ