arrow

इलाम प्रेस युनियनको नेतृत्व विप्लवलाई

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
ilam1.jpg

मङ्गलबारे । नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराई ( विप्लव )को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइँटेल र कोषाध्यक्षमा राजीव न्यौपाने चयन भएका छन् । समितिको सदस्यमा शिवकुमार थापा, दुर्गाभवानी पोखरेल, प्रकाश नेपाल र नरेन्द्र थापा चयन भएका छन् । 

अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दीपकराज शर्मा, दिनेश महत, विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लीला थापा, विवेक घिमिरे, रेश्मा अधिकारी, मीना खतिवडा, सरस्वती लिम्बू, कृष्णकला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई प्रदेश पार्षदमा चयन गरेको छ । 

यस्तै विजयशेखर भट्टराई, कुवेर निरौला, सोमनाथ सुसेली, गणेश घिमिरे, प्रेम अधिकारी, लोकेन थेवे, जीवन शर्मा, रोमन आचार्य(पुजन), हरिअसिम अधिकारी, उर्मीला सुवेदी, प्रतिभा पौडेल, लता कटुवाल र अञ्जना ढुङ्गनालाई केन्द्रीय पार्षद निर्वाचित गरेको छ ।

साथै युनियनले तीन सञ्‍चारकर्मी र एक सञ्‍चारउद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्व जिल्ला अध्यक्ष विजयशेर भट्टराई, युनियनका केन्द्रीय सदस्य युवराज गौतम, संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली  र सञ्चारउद्यमी डम्बर खड्का रहेका छन् ।

उनीहरुलाई नेपाल प्रेस युनियन इलामको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सोमबार पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरे । गौतम इमेज खबर, सुसेली रेडियो नेपालवाणी एफएम र भट्टराई नेपाल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी हुन् । खड्का भने इलामबाट प्रशारित चियाबारी एफएमका सञ्चालक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ