arrow

तेह्रथुममा खाना पकाउने ग्यासको कालोबजारी

logo
हाम्रा कुरा
प्रकाशित २०७५ असोज ९ मंगलबार
gas-cylinder.jpg.jpeg

तेह्रथुम । तेह्रथुमका बजारहरुमा खाना पकाउने एल.पी.ग्यासको कालोबजारी भइरहदा अनुगमन र निरीक्षण गर्ने निकाय भने मौन रहेको छ । व्यवसायीलेग्यासको कारोबारमा खुलेआम कालोबजारी गरिरहेका छन् । सरकारले तोकेकोग्यासको अधिकतम खरिद विक्री मुल्यभन्दा व्यवसायीले २ सय ५५ रुपैयाँ बढीसम्म लिएर कारोबार गरिरहेका छन् ।

ग्याँसको मुल्यको विषयमा सर्वसाधारण उपभोक्ताले पटक पटक गुनासो गरेपछि प्रशासनले पनि बल्ल चासो देखाएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबारग्यास व्यवसायीहरुसँग छलफल गरी एउटै मुल्य कायम गरी कारोबार गर्न आग्रह गरेको हो । व्यवसायीहरुलाई उपभोक्ताको अधिकार समेतलाई ध्यानमा राखेर मुल्य निर्धारण गरी कारोबार गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले बताइन् ।
 
प्रमुख जिल्ला अधिकारी हुमागाईँले जथाभावी मुल्य नतोक्न व्यवसायीलाई ध्यानाकर्षण गराएको बताइन् । चाडपर्वको मुखमा खाना पकाउनेग्यासको कारोबार बढेसँगै बजारमाग्यासको मुल्यमा मनपरी भएको उपभोक्ताको गुनासो रहेको छ । यसअघि पनिग्यासको मुल्य सरकारले तोकेभन्दा बढी नै लिएर कारोबार भइरहेको थियो ।ग्यासको ढुवानीको कारण देखाउँदै व्यवसायीहरुले बढी मुल्य लिने गरेका छन् । तेह्रथुमका बजारहरुमा प्रिमा, सुविधा, कोशी र कन्काई कम्पनीकाग्यास उपलब्ध रहेका छन् । तर म्याङलुङ बजारमैग्यासको फरक–फरक मुल्य रहेको छ ।

उत्पादक कम्पनीले जिल्लासम्म ढुवानी नगरिदिएको भन्दै व्यवसायीले सरकारले तोकेको मुल्यभन्दा २ सय ५५ रुपैयाँसम्म बढी मुल्य लिएर विक्री वितरण गरिरहेका छन् । उत्पादक कम्पनीले बसन्तपुरसम्म ढुवानी गरिदिने गरेको र त्यहाँबाट म्याङलुङसम्मको ढुवानी जोडेर आफुले प्रति सिलिण्डर १५ सय २५ रुपैयाँका दरले विक्री वितरण गरिरहेको प्रिमाग्यासका विक्रेता शंकर जोशीले बताए।
 
केही व्यापारीहरुले भने विराटनगरबाटै आफै ढुवानी गरेर ल्याउनुपर्ने भएकालेग्यासको मुल्य बढी भएको बताएका छन् । जिल्लाका लसुने, जिरिखिम्ती र म्याङलुङबजारमाग्यासको फरक फरक मुल्यमा कारोबार भइरहेको पाइएको छ । खाना पकाउनेग्यासको मुल्य सरकारले प्रतिसिलिण्डर १३ सय ४५ रुपैयाँ तोकेको छ । जिल्लाका व्यवसायीले प्रतिसिलिण्डर १५ सय २५ रुपैयाँदेखि १६ सय रुपैयाँसम्म लिदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ