arrow

५ हजार फुटबल मैदान बन्ने क्षेत्रमा यसरी सौर्य प्लान्ट बनाउँदैछ भारत 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
india_solar.png

काठमाडौं । भारत सन् २०१५ मा भएको जलवायु सम्झौताअनुसार भारतले प्रदूषण नियन्त्रणका लागि विभिन्न किसिमका योजनाहरु अघि सारिरहेको छ । उसको योजनाअनुसार सन् २०३० सम्मको अवधिमा भारतमा प्रयोग हुने ४० प्रतिशत ऊर्जा नवीकरणीय ऊर्जा हुनेछ । 

भारतको लागि धेरै घाम लाग्नु एक महत्वपूर्ण उपहार हो । यसबाट प्रेरित हुँदै भारतको सरकारले सौर्य ऊर्जाका केही महत्वकांक्षी योजनाहरु पनि सारेको छ । यद्यपि भारतले सुरु गरेको यो अभियान भने चीन, अमेरिका र युरोपभन्दा पछि ल्याइएको योजना हो । विशेषगरी चीनले अत्यधिक मात्रामा नवीकरणीय ऊर्जामा विस्तारको योजना ल्याइरहेको छ । यस्तोमा अवस्थामा युरोप सबैभन्दा तीव्र गतिमा नवीकरणीय ऊर्जाको विस्तार भएको क्षेत्रमध्येको एक हो । 

भारत पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा विस्तारको लागि सौर्य ऊर्जाको केही महत्वपूर्ण योजनामा अघि बढिरहेको छ । जसमध्येको एक सौर्य ऊर्जा उत्पादन गर्ने प्लान्ट कर्नाटकको पाभागाडामा रहेको छ । यो भारतको दक्षिणी क्षेत्रमा रहेको राज्य हो । यो प्लान्ट विश्वको सबैभन्दा ठुलो सौर्य प्लान्टमध्येकै एक हो । 

यो प्लान्ट १३ हजार एकडमा फैलिएको छ । जसको क्षेत्रफल हिसाब गर्ने हो भने ५ हजार फुटबल खेल्ने मैदानबराबर हुन्छ । पाभागाडा धेरैजसो सुख्खा रहने र बाँझौ भूमिहरु धेरै रहेको कारण यहाँ सौर्य ऊर्जाको योजना ल्याइएको हो । 

यो प्लान्टबाट ६ सय मेगावाटको विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसको काम गत जनवरी महिनाबाट सुरु गरिएको हो । त्यसका साथै थप १४ सय मेगावाट विद्युत् उत्पादन पनि सोही प्लान्टबाट गरिने योजना बनाइएको छ । यससँगै समग्रमा दुई हजार मेगावाट विद्युत् उत्पादन हुने यो प्लान्टको निर्माण कार्यका लागि समग्रमा दुई अर्ब १० करोड अमेरिकी डलरबराबरको खर्च लाग्ने अनुमान गरिएको छ । यस वर्षको अन्तिमसम्म २ हजार मेगावाट विद्युत् उत्पादन गरी विश्वको सबैभन्दा ठुलो सौर्य फार्मको रुपमा यसलाई स्थापित गराउने योजना रहेको छ । 

भारतको यो योजनाले उसको ऊर्जाको क्षेत्रमा भारतको मोडललाई देखाउँछ । भारतको यो क्षेत्रमा प्लान्ट निर्माण गरिररहेको मध्ये फिनल्याण्डको फर्ट्युम कम्पनी पनि एक हो । विश्वव्यापीरुपमा ६० गिगावाटबराबरको सौर्य ऊर्जा थपिएको छ । जुन प्रयोगात्मकरुपमा निकाल्न सकिने समग्र सौर्य ऊर्जाको केवल २५ प्रतिशतको हिस्सा हो । 

जसको कारण विश्वका धेरै मुलुकहरुले सौर्य ऊर्जामा लगानी बढाउनु आवश्यक रहेको फर्ट्युमले बताएको छ । घरको छानामा सौर्य प्लानल राख्ने प्रचलन पनि भारतमा निकै चलेको छ । यसरी निकालिएको ऊर्जाबाट औद्योगिक क्षेत्रको खर्च पनि एक तिहाइले घट्ने विश्लेषकहरुले बताएका छन् । यद्यपि त्यसका लागि सुरुवातमा भने उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने हुन्छ । 

भारतले भर्खरै मात्र चीन र मलेसियाबाट आउने सौर्य प्लानलहरुमा कडाइ गर्ने घोषणा गरेको छ । भारतमा प्रयोग हुने करिब ९० प्रतिशत प्यालनहरु उक्त दुई मुलुकहरुबाट आयात हुने गरेको छ । यसले भारतमा खर्च सौर्य प्यानलहरुको खर्चमा भने वृद्धि हुने बताइएको छ । यसले भने भारतको सौर्य ऊर्जाको महत्वाकांक्षी योजनालाई धक्का पुग्नसक्ने देखिन्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ