arrow

चीनमा ४ हजार वेबसाइटहरुमाथि प्रतिबन्ध 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
china5.jpg

काठमाडौं । चीनले चार हजारभन्दा बढी साइटहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चीनले अघि सारेको हानिकारक साइटहरु बन्द गर्ने योजनामा आधारित रहेर उक्त साइटहरुमा प्रतिबन्धको तयारी गरिएको हो ।

चिनियाँ सञ्चार एजेन्सी सिन्ह्वाले दिएको जानकारीअनुसार चीन पछिल्लो समय इन्टरनेटमा कडाइका साथ नियन्त्रण गर्ने नीतिसँगै उक्त साइटहरुमा प्रतिबन्ध लगाइएको हो । 

यद्यपि उक्त साइटहरुले अनलाइन किताबको प्लेटफर्म रहेको बताइएको छ । यसअघि चीनले पोर्न साइटहरु र हिंसालाई बढावा दिने किसिमका योजनाहरु अघि सारिएको थियो । 

विश्लेषकहरुले चीनमा यस किसिमको प्रतिबन्ध लाग्नु सामान्य रहेको बताएका छन् । चीनले भने उक्त साइटहरुले नियमभन्दा बाहिर गएर सेवा प्रदान गरेकोले बन्द गर्नुपरेको बताएको छ । 

गुगल अहिले आफ्नो सेवा चीनमा लागू गर्ने दिशामा अघि बढिरहेको छ । गुगलको यो योजनाको विषयमा कम्पनीका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ