arrow

झापामा युरिया मलको हाहाकार, धान उत्पादनमा ह्रास आउने

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज ९ मंगलबार
euriya.jpg

झापा । कृषि उपज उत्पादनमा आवस्यक पर्ने  युरिया मलको अभाबले यसपालि  झापाका अधिकांश कृषकहरु चिन्तित देखिन्छन ।

धान बालिमा लगाउने युरिया मलको  अभाबले यसपालि  झापामा धान उत्पादनमा ब्यापक  गिरावट आउने देखिन्छ । झापा जिल्ला गौरादह नगरपालिकाको  गौरादह बजार छेत्रमा  मल बिक्री गर्ने   ४ वटा  आधिकारिक डिलरहरु छ्न ।

जसमध्ये गौरादह १ मा रहेको गौरादह दुग्ध सहकारी सस्था  कृषि सामाग्री सस्थानको आधिकारिक बिक्रेताहो ।यहि भाद्र महिनामा उक्त डिलर बाट जम्मा १७२ बोरा र असोज महिनाको ८ गते ५० बोरा मल सस्थान बाट आएको र उक्त मल आउने साथै बिक्री भैसकेको डिलरका ब्यबस्थापकले बताए ।

मल पाउने आसामा दैनिक ५०/६० जना किसान डिलरमा आउदै फर्कने गरेका छन । गत साल  कृषि सामाग्री सस्थानले हप्तामा २५० देखि ३०० बोरा  मल उपलब्ध गराएको थियो ।  यो बर्ष भने  गतबर्षको भन्दा एक्दमै न्यून मात्रामा मल उपलब्ध भएको  सस्थाका ब्यबस्थापक अम्बिका दाहालले बताए ।

त्यसैगरि गौरादह नगरपालिका वडा न १ गौरादह बजारमा रहेको दिनेस कृषि सामाग्री भण्डार  साल्ट ट्रेडिङ कम्पनीको आधिकारिक बिक्रेता हो ।

सो डिलरमा  भाद्र ३ गते ३५ बोरा र भाद्र ६ गते २५ बोरा युरिया मल  आएको डिलरका संचालकले बताए । यस विषयमा बुझ्दा हाल साल्ट ट्रेडिङ कम्पनीको मल अभाब भएकोले  डिलरमा भारत बाट आएको युरिया मल प्रती ग्राहक २० किलो ६०० का दरले बिक्री  गरिरहेको पाइयो ।  

त्यसैगरि गौरादह १ मै रहेको नब ज्योती कृषि सामाग्री  भण्डार पनि साल्ट ट्रेडिङ कम्पनी लि. को आधिकारिक बिक्रेता हो । सो डिलरमा पनि भाद्र ३ गते ३५ बोरा र भाद्र ६ गते २५ बोरा युरिया मल आएको थियो । यसै गरि गौरादह २ मा रहेको विकल्प सहकारी सस्थाले पनि साल्ट ट्रेडिङ कम्पनी लि को मल बिक्री गर्ने गरेको छ ।

मलको हाहाकार भएको बारे समाचार संकलन गर्न उक्त सहकारीको मल बिक्री केन्द्रमा पुग्दा बिक्री केन्द्र  बन्द रहेको पाइयो । बिक्री केन्द्रका सन्चालक प्रेम बहादुर खड्का लाई टेलिफोन गरि सोधपुछ गर्दा भाद्र महिनामा दुई पटक गरि जम्मा ६० बोरा युरिया मल आएको र त्यस पश्चात् मल अभाव भएको उनले  जानकारी दिए ।  

यस्तो जटिल समस्याबाट आक्रान्त बनेका किसानहरु स्थानीय व्यापारीले अबैध बाटो गरि भारतबाट ल्याएको युरिया मल किन्न  बाध्य छन ।  साल्ट ट्रेडिङ कम्पनि र कृषि सामाग्री सस्थानले बजारमा उपलब्ध गराउने युरिया मल  प्रती बोरा  ८५० र डि. ए. पि. प्रती बोरा २३०० पर्दछ ।

तर मल अभाबको कारण भारतबाट ल्याएको युरिया प्रति बोरा १३०० का दरले किन्न बाध्य भएको किसान गरुको  आम गुनासो छ ।   बजारमा मल अभाब छ , महङ्गो मुल्यमा मल किन्न सकिँदैन , अब धान पनि फुल्ने बेला भयो ,  यो समयमा धानमा  युरिया मल हाल्दा  धाननै बिगृने डर हुन्छ ! अधिकांश किसान हरुको यहि एउटै गुनासो पाइन्छ ।

प्रहरीहरु सुरक्षा चेक जाचमा मुख्य सडकमामात्र केन्द्रीत रहने हुदा भारतिय व्यापारी हरुले भरिया लगाएर भित्री बाटो प्रयोग गरि भारतबाट चोरी निकासी गरि अबैध मल खुलेआम नेपाल भित्र्याउने  गरेको पाइन्छ ।

यसै कार्यमा संलग्न साइकलमा मल ल्याइरहेका  एक व्याक्तीलाई सोधपुछ गर्दा भारतको जनता बजारबाट ९०० प्रती बोरा युरिया ल्याएर नेपालका पसलमा पुर्याएर १२०० मा बेच्ने गरेको बुझियो । आफ्नो परिचय नखुलाइदिन अनुरोध गर्दै उनले प्रहरीहरुले उनिहरु लाई कुनै प्रतिबादनगर्ने तथा  व्यापारी हरुलेनै प्रहरीसँग  लाइन मिलाउने गरेको बारेमा समेत जानकारी दिए ।

कृषि प्रधान देश , कृषिमा आत्म निर्भर बन्न यस्तै यस्तै  समस्याले आक्रान्त छ । हरेक बर्स किसानले यस्तै समस्या निरन्तर झेल्दै आएको तथा उक्त समस्या जस्ताको तस्तै रहिरहेकोले किसानहरु  लगातार सोही सास्ती भोग्न बाध्य छन  ।

झापा जिल्ला धान खेतीको लागि अग्रणि जिल्ला भएतापनि सरकारले यहाको  कृषि उत्पादन लाई बढावा  दिनका निमित्त  प्राबिधिक बिकास  तथा रासायनिक मलको उपलब्धतामा विशेष ध्यान दिनु पर्दछ । अन्यथा देसको अर्थ तन्त्रको  मुख्य स्रोतनै कमजोर बन्ने निश्चित प्राय छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ