arrow

बिहे कार्यक्रममा बलात्कारी आरोपमा दुलाहा पक्राउ

logo
प्रकाशित २०७५ असोज १० बुधबार
handcuffs-1.jpeg

काठमाडौं । विवाह संस्कार अनुसार दुलाहा र दुलहीलाई घर भित्र्याउने तयारी गर्दैगर्दा दोलखाको भीमेश्वर नगरपालिका, जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा दुलाहा शान्ति चौलागाईं बिहे कार्यक्रमकै बीच पक्राउ परेका हुन् । 

बलात्कृत भएको दावी गर्दै ती किशोरीले उजुर गर्नेबित्तिकै दुलही भित्र्याउने कार्यक्रममै प्रहरी पुगेका थिए । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ वर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयास १६ वर्षीया किशोरीको उजुरीले विफल भएको छ ।

ती किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । ‘अर्की युवतीसँग बिहेको कुरा चल्न थालेपछि फोन सम्पर्क र भेट गर्न खोज्दा शान्ति टाढिँदै गए,’ किशोरीले बयानमा भनेकी छन् । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ