arrow

पासाङ बने उपराष्ट्रपति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1557656735.jpeg
काठमाडौँ । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी भएका छन् । व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा शनिवार भएको मतदानमा पुनले ३२५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गरे ।

व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो । 

संसद्को शनिवारको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेकी थिईन्। यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाएका थिए ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहेका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रेका थिए ।

पुनलाई संसद्मा रहेका नेकपा (एमाले), एकीकृत नेकपा (माओवादीं), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत १५ दलले समर्थन गरेका थिए । 

तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र सङ्घर्षदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्म महत्वपूर्ण योगदान गरेका माओवादी नेता पुन रोल्पाको राङ्सीदेखि बहादुर भवनको यात्रासम्म आइगेका छन् ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक २२ गते आइतबार बिहान ११ बजे बस्ने छ । यसअघि सभामुख घर्तीले नेकपा (एमाले)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी भएकाले सांसदको पद खाली भएको सदनलाई जानकारी गराएकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ