arrow

सुत्ने बेलामा मोबाइल चलाउने बानी छ ? हुनसक्छन् यी समस्याहरु

logo
प्रकाशित २०७५ असोज १० बुधबार
blue-light.jpg

काठमाडौं । स्मार्टफोन अहिले धेरै मानिसहरुको जीन्दगीको महत्वपूर्ण हिस्सा बन्न पुगेकोछ । च्याटिङदेखि लिएर भिडियो कल तथा अन्य धेरै जरुरी कामको लागि मानिसहरुले यसको प्रयोग गर्ने गरेका छन् । यद्यपि अहिले धेरै मानिसहरुले अत्यधिक मात्रामा स्मार्टफोनको प्रयोग गर्ने गरेका छन् । 

धेरै मानिसहरु अक्सर राति सुतेपछि लामो समयसम्म पनि स्मार्टफोन चलाउने गरेका छन् । यद्यपि यसले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । सुतेपछि लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्नाने निम्न समस्याहरु देखिन सक्छ– 

१. आँखा कमजोर हुनु 

राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको समयमा स्मार्टफोनबाट आउने प्रकाश निकै तेजिलो हुन्छ, यसबाट स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु देखिनसक्छ । 

२. निद्रा नलाग्नु 

राति स्मार्टफोन चलाउने बानीले मानिसको शरीमा उत्पादन हुने मिलेटोनिन हर्मोनमा नराम्रो असर पार्छ । यो हर्मोन मानिसको निद्राको लागि आवश्यक हुन्छ । यस्तोमा राति स्मार्टफोन चलाउँदा यो हर्मोन पनि कम हुँदै जान्छ र निद्रा आउँदैन । 

३. क्यान्सरको जोखिम 

राति स्मार्टफोन चलाउँदा क्यान्सरको जोखिम हुन्छ र ? धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर स्मार्टफोनबाट निस्किने ब्लुलाइटले मिलेटोनिन हर्मोनको प्रभावित गर्छ । यो हर्मोनले एन्टि अक्सिडेन्ट प्रोपर्टीहरु हुन्छन्, जुन क्यान्सरका जीवाणुहरुसँग लड्का लागि सहायक हुन्छ । यो हर्मोन कम हुँदै जाँदा मानिसहरुमा स्तन तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

४. स्मरणशक्ति कमजोर 

राति धेरै स्मार्टफोन प्रयोग गर्ने बानीले मानिसको दिमागका साथै स्मरणशक्तिमा असर पर्नसक्छ । राति लामो समयसम्म स्मार्टफोन चलाउने बानीले मानिसको निद्रामा असर पर्छ, निद्रा पूरा हुन पाएन भने त्यसको असर मस्तिष्कमा बग्ने रगतमा पर्नसक्छ । 

५. छटपटी

राति लामो समयसम्म स्मार्टफोन चलाउँदा निद्रा पूरा हुँदैन र आराम मिल्दैन भने छटपटी हुनु स्वाभाविक हो । यस किसिमको छटपटीले अन्य समस्याहरु पनि निम्त्याउन सक्छ । 

६. डिप्रेसन हुने सम्भावना 

राति सुत्ने समस्यामा स्मार्टफोनको प्रयोग गर्ने बानीले तनाव बढ्नुका साथै डिप्रेसन हुने सम्भावना पनि बढाउँछ । सामान्यतयाः मानिसमा निराशा छाएपछि मानिसहरुलाई डिप्रेसनले आक्रमण गर्छ । यस्तोमा राति लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्दा कुनै नयाँ अपडेट नआएको खण्डमा मानिसहरुमा निराशा छाउँछ र यसले डिप्रेसनलाई जन्म दिन्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ