arrow

आधा दर्जन औषधी बिक्रेतालाई बिक्रीमा रोक

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ असोज ११ बिहिबार
medicine1-1.jpeg

पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ ।

अनुगमनको क्रममा अनुमति प्राप्त व्यक्ति वाहेक अन्यले सञ्चालन गरेको भन्दै सन्चो मेडिकल र साझा औषधी पसलमा औषधी विक्रि वितरणमा रोक लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव तथा अनुगमन टोलीका प्रतिनिधी ईश्वरी न्यौपानेले जानकारी दिए । 

औषधी व्यवस्था विभागको संयोजन र जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सहितको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनका सन्चो मेडिकल हल, साझा औषधी पसल, सानु मेडिकल, तानसेन दाँत उपचार केन्द्र, शुभम फर्मा, प्रशंसा मेडिकल र चन्द्र मेडिकलमा औषधी विक्रि वितरणमा रोक लगाएको हो । 

औषधी पसलहरुमा औषधी विक्रि वितरणमा रोक लगाएको घटना भने यो पहिलो होइन । अनुगमन टोलीले औषधी व्यवस्था विभागको निर्देशिका अनुसार औषधी पसलहरु सञ्चालन नगरेको फेला पारेपछि यस्तो गर्नु परेको श्रोतले दावी गरेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नै नगरी सञ्चालन गरेको, औषधीका आधिकारिक विल नभएको समेत श्रोतले बतायो । 

पसलहरुलाई दर्ता गर्न र अनुमति प्राप्त व्यक्तिबाट मात्र पसलहरु सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । 

टोलीले तानसेनका १५ वटा स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ