arrow

साओमीको ४ क्यामेरा भएको रेडमी नोट ६ प्रो सार्वजनिक

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
xiaomi-redmi-note-6-pro.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफुनो रेडमी नोट ६ प्रो सार्वजनिक गरेको हो । यो स्मार्टफोन यसअघिको नोट ५ को अपग्रेटेड भर्सन हो । 

साओमीले रेडमी नोट ६ प्रो थाइल्याण्डमा सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा ड्युअल सेल्फी क्यामेराको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल मेमोरीको प्रयोग गरिएको छ । यसको मूल्य २५,१०० नेपाली रुपैयाँबराबर तोकिएको छ । अहिलेसम्म यसको दोस्रो वारियन्टको विषयमा भने कुनै जानकारी सार्वजनिक भएको छैन ।  

भारतको बजारमा व्यापारको हिसाबमा सबैभन्दा अगाडि रहेको साओमीले उक्त बजारमा यो स्मार्टफोन कहिले ल्याउने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । यो स्मार्टफोनमा ६.२६ इन्चको फुल एचडी डिस्प्लेको प्रयोग गरिएको छ, जसको रेजुलेसन १०८०×२२८० पिक्सल रहेको छ । 

यो स्मार्टफोन एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टममा चल्नेछ । साओमी रेडमी नोट ६ प्रो मा १.८ गिगाहर्जको क्वालकोम प्रोसेसर ६३६ को प्रयोग गरिएको छ । 

फोटोग्राफीको हिसाबमा यो स्मार्टफोन निकै महत्वपूर्ण रहेको बताइएको छ । यसमा एलईडी फ्ल्यासको साथमा १२ मेगापिक्सलको प्राइमरी सेन्सर र ५ मेगापिक्सलको सेकेण्डरी सेन्सरको प्रयोग गरिएको छ । अगाडि भने २० मेगापिक्सलको प्राइमरी र २ मेगापिक्सलको सेकेण्डरी सेन्सरको प्रयोग गरिएको छ । 

कम्पनीले गरेको दाबीअनुसार क्यामेरामा एआईको केही फिचर्सहरु प्रयोग गरिएको छ । ४००० एमएएचको ब्याट्रि प्रयोग गरिएको यो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर र इन्फ्रारेड सेन्सरको प्रयोग गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ