arrow

सौता बुवाद्वारा ११ बर्षीया छोरीमाथि दुब्र्यबहार

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
stepfather.jpg

काठमाडौं। तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे। उनको गुजारा यसै गरी चलेको थियो। धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन्। 

लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे। श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो। त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो। यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो। उनको साथमा छोरीसमेत थिइन्। 

सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे। मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन्। 

झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलार्य नजिकैको बोर्डिङ स्कुलमा पढाए। ११ बर्षीया जावलाखेल क्ष नाम परिवर्तन् लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन्। समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो। 

एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन्। त्यो दिन थियो, जेठ २० गतेको। रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन्। भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन। परिसरमै छोरीलाई काखमा राखेर माया साटिन्। 

तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन। छोरीले सौताने बाबुको दुब्र्यबहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन्। होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन्। उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन्। कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन्। (नेपाल समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ