arrow

२५ प्रतिशत नेपालीमा मुटुको रोग : मुटु रोगीको संख्या १० वर्ष यता ५ गुणाले बढ्याे

नेपालमा मुटुको प्रत्यारोपण गर्ने तयारी 

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
mutu.JPG

काठमाडौं । हाम्रो प्रण : स्वस्थ मुटु नाराका साथ यसवर्षको विश्व मुटु दिवस मनाइदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

नेपालमा हरेक वर्ष मुटुका रोगी बढ्दै गएपछि एक हप्तासम्म विभिन्न चेतना मुलक कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको हो । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । मुटु रोगीहरुको संख्या नेपालमा १० वर्ष यता ५ गुणाले बृद्धि भएको छ । हाल नेपालमा विद्यमान मुटुरोगहरु मध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरु र उच्च रक्तचाप प्रमुख समस्याका रुपमा देखिएका छन् ।

२१औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरुको संख्या विकसित राष्ट्रहरुमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरुमा २५ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने जनाएको छ । 

कोरोनरी मुटुको रोग ह्दयघात संसार कै हत्यारा नम्बर १ रोगका रुपमा स्थापित हुनेछ । सन् २०३० सम्ममा नेपाल लगाएतका विकासोन्मुख राष्ट्रहरुमा ह्दयघात भएर मर्नेहरुको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कालेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ ।

विश्व मुटु महासंघको आह्वानमा  विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा यो दिवस मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल यो संख्या बढेर झण्डै दुई करोड पुग्न लागेको अनुमान गरिएको छ । 

९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने , करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने , ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्ने गरेका छन ।

आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरु मोटोपनको शिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बाल बालिकाहरु आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् । 

मुटुका लागि जोखिम तत्वहरु उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धुम्रपान गर्ने बानी, बंशानुगत र व्यायामको कमि आदि प्रमुख हुन् । 

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

गुल्मीमा मुटु स्वास्थ शिविरमा आएका मध्ये आधामा मुटु रोग
गुल्मीको तम्घासमा २ दिने निःशुल्क मुटु स्वास्थ शिविरमा आएका मध्ये आधामा मुटु रोग पाइएको  छ। 
मुटु दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धको आयोजनामा सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयकोे प्राङ्गणमा सञ्चालित शिविरमा पहिलो दिन आएका एक हजार मध्ये ५ सय भन्दा बढीमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको बरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाश राज रेग्मीले बताए ।

कार्यक्रम अन्तर्गत आज ‘मुटु जोगाऔं, खानपान र व्यायाममा ध्यान दिऊँ, स्वास्थ्य परीक्षण गरौँ, अरुलाई पनि सचेत बनाऔँ’ भन्ने नाराका साथ प्रभातफेरि गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले  उद्घाटन गरेको शिविरमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, प्रदेशका मन्त्री, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको छ। 

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, वरिष्ठ डा दिनेशचन्द्र पोखरेल, वरिष्ठ जनरल फिजिसियन डा रोशन कुमार झा, स्त्री तथा प्रसुती एवं परिवार नियोजन विशेषज्ञ डा सौजन्य कर्माचार्य, हाडजोर्नी तथा नसारोग विशेषज्ञ  डा राकेश महर्जनलगायत १५ जना  चिकित्सकहरु सहभागी भएका छन् ।

नेपालमा मुटुको प्रत्यारोपण गर्ने तयारी 
२५ वर्ष अघि सामान्य उपचारमात्र हुने मुटुको उपचारमा नेपालले ठुलो सफलता हासिल गरेको छ । बिश्वका धेरै देशमा पाइने मुटुका उपचार सेवा नेपालमै पाइन थालेको छ । मुटुको प्रत्यारोपण बाहेकका अन्य ठुलठुला शल्यक्रिया नेपालमै सम्भव भएको छ ।  

वीर अस्पतालले नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया गर्न सुरु गरेपनि अहिले यो सेवा पुर्ण रुपमा बन्द भएको छ । वीरमा मुटुको शल्यक्रिया गर्ने चिकित्सकले स्वयंसेवीको काम गरिरहनुपर्ने बाध्यताले विदेशिएका मुटु शल्य चिकित्सक प्रेमराज बैद्यले आफना छोरीलाई मुटुको शल्यक्रिया गर्दा विदेश जानुपरेपछि शल्यचिकित्सक बन्न प्रेरणा मिलेको बताए । 

हार्ट फेलर भएका बिरामी औषधी सेवन मात्र्रै गरेर बस्न बाध्य छ। उनीहरुलाई  मुटुको प्रत्यारोपण गर्नुको बिकल्प नभएकोले शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले यसको तयारी गरिरहेको छ । जनशक्ति र सामग्रीको तयारी गरेको यो केन्द्रले २ वर्षभित्र स्थानको समस्या समाधान भएलगत्तै सेवा सुर गर्ने केन्द्रका डा वैज्ञले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ