arrow

सरकारबिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउछौ : नेता खाँण

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १३ शनिबार
khad.jpg

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणले सरकारका बिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

नेता खाँणले दुई तिहाई नजीकको बर्तमान केपि शर्मा ओली नतृत्वको सरकारले भष्ट्रचार, बलात्कार, हत्या, हिसां तथा महङ्गी नियन्त्रण गर्नुको सट्टा ती बिषयलाई संरक्षण दिएकाले त्यसका बिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने अबस्थामा पुगेको चेतावनी दिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभुमि, सैद्धान्तीक पक्षतथा स्थानीय जनप्रतिनिधिहरुको भुमिका विषयक बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनतासंस सरोकार राख्ने बिषयमा राष्ट्रिय र स्थानीय स्तरबाट आन्दोलन गर्ने समय आईसकेको र शान्तिपुर्ण आन्दोलन शुरु गर्ने बताए ।

नेता खाँणले मिडियाले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय आफुहरु बोलेका कुरा पनि नआएकाले कांग्रेसका कुरा जनतामाझ पुग्न नसकेको चिन्ता व्यक्त गरे । उनले नेपाली कांग्रेसको व्यवस्थापकिय क्षमतामा आमुल परिवर्तनको खाँचो रहेको उल्लेख गरे । उनले १० बर्ष भित्रमा चीनमा पनि कम्युनिष्ट सरकार हराउने दावी गर्दै यहाँ पनि ओलीको बर्तमान सरकार नाङ्गीदै गएकाले नेपालमा कम्युनिष्ट शासन धेरै समय नटिक्ने बताए ।

दुई तिहाईको दम्भ देखाउदै सरकारले सस्तो व्याजदरको नाममा नेपाली जनताले तिर्नै नसक्ने अनावश्यक ऋण ल्याएर नेपालीको टाउकोमा थुपार्ने काम मात्रै गरिरहेको उल्लेख गर्दै नेपालमा बिदेशीको आर्थिक रणनीति हावी हुर्दै गईरहेकोमा आक्रोस व्यक्त गरे । उनले चीनतर्फ ईगित गर्दै  विदेशीको आर्थिक रणनीति हावी हुन थालेकोमा कांग्रेस सजग हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियारले सरकारले हत्या हिंसा र बलात्कारका आरोपीलाई कार्वाही गर्नुको सट्टा संरक्षण दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा वादल हत्याराका शंरक्षक रहेको बताउदै कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कार पछि हत्या गर्ने बलात्कारी तथा हत्यारालाई अहिले सम्म कार्वाही गर्न नसकेको बताए । बर्तमान सरकार भष्टचारमा चुर्लुम्म डुवेको दावि गर्दै यस बिषयमा सडक र सदनबाट आम नागरिकलाई झक्झक्याउनु पर्ने बताए । सरकार जनताको काम गर्नुको सट्टा बिलासितामा बढी सक्रिय रहेको पनि नेता परियारले बताए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य रमा आर्याल, नेताहरु अब्दुल रज्जाक, बाबुराम राना, रामचन्द्र ढकाल, रामकृष्ण खाँण, दिलिप धिताल, खेलराज पाण्डे, लगाएतले कांग्रेसका बारेमा जनतालाई बुझाउन जरुरी रहेको बताए ।

कार्यक्रम क्षेत्रिय सभापति मातृका यादवको अध्यक्षता, सचिव शुशिल गुरुङको सञ्चालन तथा कृष्ण खनालको स्वागतमा सम्पन्न भएको थियो । कांग्रेस केन्द्रिय सदस्य जीवन परियारले प्रशिक्षण दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ