arrow

टेस्लाको अध्यक्ष पदबाट राजीनामा दिँदै मस्क, २ करोड डलर जरिवाना बुझाउन तयार

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
musk.jpg

काठमाडौं । चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्लाका अध्यक्ष एलोन मस्कले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिनको लागि अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (एसईसी)लाई २ करोड अमेरिकी डलरबराबरको जरिवानाको लागि पनि तयार भएका छन् । 

मस्कमाथि कम्पनीलाई निजी बनाउने विषयमा गलत किसिमको ट्वीट गरेको र यसले लगानीकर्ताहरुमा भ्रम पैदा गरेको आरोप लगाइएको छ । 

समाचारमा बताइएअनुसार मस्क आगामी दिनमा कम्पनीको प्रमुख कार्यकारीको पदमा भने यथावत रहनेछन् । एसईसी र मस्कको बीचमा भएको सम्झौतामा ४५ दिनभित्र मस्कले राजीनामा दिने र आगामी ३ वर्षसम्म कम्पनीको अध्यक्ष पद खाली रहने तय भएको हो । 

त्यसका साथै २ स्वतन्त्र निर्देशकहरुलाई बोर्डमा सामेल गर्दै स्वतन्त्र निर्देशकहरुको एक कमिटि बनाउने तयारीमा पनि कम्पनी रहेको छ । 

एसईसीले एक संघीय अदालतमा मुद्दा दायर गर्दै टेस्लाको प्रमुख पदबाट हटाउनका लागि माग गरेको थियो । विहीबार दायर गरिएको मुद्दामा टेस्ला कम्पनीलाई निजी कम्पनी बनाउने विषयमा गत ७ अगष्टमा एलोन मस्कले गरेको ट्वीटमा गलत बयान दिएको उल्लेख गरिएको छ । 

मस्कले टेस्लालाई निजी कम्पनी बनाउनको लागि ४२० डलरप्रति सेयरको दरले कोषको व्यवस्था गरिएको जानकारी दिएका थिए । यो मूल्य टेस्लाको तत्कालीन सेयरको तुलनामा निकै बढी थियो । 

मस्कको सो ट्वीटपछि टेस्लाको सेयरमा उल्लेख्य सुधार आएको थियो । कमिसनले बताएअनुसार ट्वीटरमा उनले दिएको बयान भ्रामक रहेको बताइएको छ । साथै मस्कको यो योजनाको विषयमा अधिकारीहरुसँग कुनै पनि किसिमको छलफल गरेका थिएनन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ