arrow

विद्यालयको नवनिर्मित भवन उद्घाटन

logo
प्रकाशित २०७५ असोज १५ सोमबार

रसुवा । प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवामा आयोजित एक कार्यक्रम वीच श्री सुर्योदय प्राथमिक बिद्यालय कालिका ४ धुसेनीको  नवनिर्मित भवनको उद्घाटन गरेका छन् । 

 क्यानेडियन नागरिकको १८ लाख रुपैयाँको सहयोगमा निर्मित सो विद्यालय भवन निर्माणबाट त्यस भेगका सयौं विद्यार्थी लाभान्वित भएका छन्। 

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य मोहन आचार्यले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकालाई अनुरोध गरे ।

स्तरिय विद्यालय भबन निर्माण गरिदिएकोमा दाताहरुलाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले मुलुकको समग्र विकासलागी शिक्षित नागरिक उत्पादन आबश्यक रहेको बताए ।

संमृद्ध रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउँदै सासंद आचार्यले यसकालागी रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात ,कृषि ,जलस्रोत र पर्यटन विकासलाई संग संगै अगाडी बढाईएको बताए ।

रसुवा जिल्लाका सबै गाँऊलाई सडक संञ्जालमार्फत जोड्ने अभियान अन्तर्गत अहिले सडक निर्माणकार्य तिब्रगतिमा अगाडी बढीरहेको भन्दै उनले सडक निर्माणले भुकम्प पिडित रसुवाली नागरिकहरुको घर पूननिर्माण लागत घटाउनुका साथै स्थानिय कृषि उत्पादनलाई बजार पहुँचमा सहयोग पुर्याएको बताए । रसुवामा सडक निर्माणका लागी सासंद आचार्यले आफ्नै व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि जिल्लालाई उपलब्ध गराएका थिए । बाटो निर्माणका लागी स्काभेटर र डोजरलाई आबश्यक ईन्धनको व्यबस्था भने सम्बन्धित गाँपालिकाले उपलब्ध गराउँदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ