arrow

प्रधानमन्त्री ओलीलाई एक आम नेपालीको पत्र

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
kp-oli1.JPG

सम्माननीय प्रधानमन्त्री ज्यू,
नमस्कार !!
हामी सबै नेपालीहरु शारीरिक रुपमा त स्वस्थ्य नै छौं तर मानसिकरुपमा भने देशको हालत देखेर बिरामी हुने अवस्था आएको छ । प्रधानमन्त्री ज्यू देश बिरामी छ, म र म जस्ता तमाम युवाहरु जनता दुखी छन् । आशा छ तपाइँ त आरामै हुनुहुन्छ होला । भन्नेहरुले त भन्छन् देश बिरामी हुँदा कसैलाई वास्ता छैन । बुढो प्रधानमन्त्री बिरामी हुँदा उपचारमा लाखौं खर्च गरेर विदेश लगिन्छ, शुद्ध खानेपानी नपाएर प्यासले व्याकुल सारा नेपाली भइरहँदा जापानबाट हजारौं  तिरेर तपाइँको खानेपानी अउँछ तर पनि सत्य यो हो कि देशलाई तन्दुरुस्त राख्न तपाइँ पनि स्वस्थ हुनै पर्छ ।

थाहा छैन आजभोलि देशमा सुन्दै काहाली लाग्ने घटनाहरु किन र केको लागि घट्दै गइरहेका छन् र सारा नेपालीहरु मुकदर्शक बनेर खबर सुन्ने, पढ्ने र एकछिन सोच्ने बाहेक के नै गर्न सकेका छन् र ? बढी गर्न सके यसो सामाजिक सन्जाल तिर आ-आफ्ना बिचार पोख्दै कुर्लने गरेको देखिन्छ ।

सरकार, कानुन र प्रहरी प्रशासन किन लचिलो भएर प्रस्तुत भइरहेको छ त काम कारबाहीको मामिलामा ? यो हामी सर्वसाधारणको चासोको विषय बनेको छ । पहिलो कुरा त पीडित र पीडक छुट्याउन पनि गाह्रो पर्छ हाम्रो देशमा, त्यसपछि उजुरी पर्छ एउटालाई दोषी साबित गर्‍यो अनि धरौटिमा रिहा भन्ने समाचार पीडितले घर पुगेर टिभि खोल्दा सुन्न, हेर्न पाउँछन् । नातावाद, कृपावाद अनि भनसुन हाबी भैरहेका ताजा उदाहरण हामी माझ व्याप्त छन् ।

देशमा सबैतिर एकपटक हेरेर मनन गर्ने हो भने यस्तो लाग्छ यहाँ कुनै कानुन नै छैन । जसलाई जे मन लाग्यो त्यो गर्न स्वतन्त्र छ । प्रधानमन्त्रीज्यू जनताले हाम्रो देशमा कानुन छ भन्ने प्रत्याभूती गर्न पाउने दिन आउला कि नआउला ?  नेपालका राष्ट्रसेवक भनाउँदाहरु भाषणमा सस्तो लोकप्रियताको लागि खोक्रो राष्ट्रवादका नाराहरु लगाउँछन्, स्वाभिमानका कुरा गर्छन् र परेमा वीर गोर्खालीका कुरा पनि गर्छन् खोइ त भारतले सीमामा राखिएका सयाैं पिलरहरु दिनानुदिन सारिरहँदा कता घाम तपाएर बसाउनु भएको छ ती वीर सेनाहरुलाई ?

खोइ त तपाईका वीर सेनाहरु अहिलेसम्म माखो मार्न सक्या होइन ? बहुमतीय सरकार छ यदि साँच्चिकै देशमा शान्ति र अमनचयन चाहनुहुन्छ भने अनि पद अनुसारको दम छ भने पेलेरै भए पनि अघि बढ्न सबै जनताले साथ दिन्छौं । केही गर्न नसके नैतिकताको आधारमा सुम्पिदेउ सरकार युवा पुस्तालाई । मौन बसेर इतिहास कै नालायक सरकारको पगरी नगुथ्नुस् ।

एकपटक सबै जनताको ठाउँमा बसेर सोच्नुस् त , कहाँ कुन अवस्थामा छौँ हामी ? रातारात सीमा अतिक्रमण हुँदा अनि भारतीय एसएसबी दिउँसै नेपाली भूभागमा छिरेर आफ्नो रवैया देखाउन खोज्दा आफ्नै आमालाई परपुरुषले अत्याचार गर्न लागेजस्तो हुन्छ तर के गर्नु भक्कानिएको मुटुले आखाँलाई रसाइ भन्न बाहेक अरु केही गर्न सकेन । सम्माननीय प्रधानमन्त्रीज्यू तपाइँ र तपाइँका वीर सेनाले केही गर्न सक्दैनन् भने एकपटक भनेर देखाउनुहोस् त म जस्ता हजारौं युवा नेपालको सीमामा चीनको ग्रेटवालभन्दा पनि बलियो बनेर बस्न सक्छाैं र सीमाको रक्षा पनि ।

सम्माननीय प्रधानमन्त्रीज्यू जो निरन्तर प्रहार गरिरहेको छ । उसले नेपाल र नेपाली माथि ठुलो दाजु जस्तो व्यवहार गर्छु भन्छ अनि नेपालका सीमामा रहेको नेपालीको जमिन आफ्नो भन्दै सीमास्तम्भ नयाँ नयाँ स्थानमा सार्ने काम गरिरहेको छ । अनि सहानुभूति दिन्छ आफू जति सैहार्दपूर्ण व्यवहार गर्ने कोही पनि छैन भनेर र छिमेकी देशले गरिरहेको यस्तो बलमिचाँइको रमिते बनिरहेको छ हाम्रो सरकार अनि सैनिक प्रमुख फेसबुकमा छाउनका लागि सीमा सुरक्षाका खोक्रो नारा चर्को स्वरमा लगाउनु हुन्छ । रमाइलो छ वाह ! वाह ! समाचार र फेसबुकमा छाएर देसको सुरक्षा हुँदैन भन्ने कुराको हेक्का नि राख्नु हुँदैन हाम्रा महाशयहरु ।
 
सम्माननीय प्रधानमन्त्रीज्यू तपाईले सोच्नुहोला भावनामा बहकियर लेखेको होला केटोले भनेर साँचै भारतले हरेक दिन सिमा स्तम्भहरु सारी रहँदा के तपाईको मन कहिले दुखेन होला र ? यदी दुखेकै हो भने एक पटक नेपालको नक्साको सिमा नयाँ कोर्न लगाउनुस् त के साँच्चै नेपाल पुरानै नेपाल रहेको होला त ? पक्कै पनि छैन । अब भन्नुस् म भावनामा बहकिएको हो या हैन भनेर ।

अब त जाग्नुस कति सुत्नु हुन्छ तपाइँ र तपाइँका सेनाहरु ? यदि सक्नुहुन्न भने एकपटक नेपालीलाई अह्वान गरेर देखाउनुहोस् त म फेरि पनि भन्दैछु चीनको ग्रेटवालभन्दा बलियो पिलर बनेर सीमामा बस्नेछाैं हामी युवाहरु । देशको लागि ज्यान दिन तयार छाैं हामी ।  सधैं सरकारको मुख ताकेर बस्ने हामी नेपालीहरुलाई पनि २ शब्द भन्न मन लागेको छ यसै पत्र मार्फत सार्वजनिक गर्छु । सायद हामी सबै हाम्रो पेशा र कर्मप्रति इमान्दार भयौ भने कसैको केही आश गर्नु पर्दैन जस्तो लाग्छ ।

अन्त्यमा, हरेक काम र निर्णय गर्नुअघि देश र जनताको हित हुन्छ कि हुँदैन त भन्ने सोचेर मात्र काम गर्नुहोला । मलाई जहाँसम्म लाग्छ तपाइँ व्यक्तिगत स्वार्थमा लिप्त भएर राष्ट्रघाती कदम उठाउनु हुने छैन । यो सङ्क्रमणकालीन अवस्थाबाट निकास दिनसक्ने मान्छे अहिलेको अवस्थामा तपाइँ नै हौ ।
उही देशप्रेमी नेपाली ।
नन्द तिमिल्सिना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ